सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस महाधिवेशन : देउवाको गृहजिल्लामा २५ भदौमा वडा अधिवेशन


  •    न्युजभित्तो/२२ भाद्र २०७८, मंगलवार १६:३८ 
  • काठमाडौं,२२ भदौ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा २५ भदौमा वडा अधिवेशन हुने भएको छ । कांग्रेस महाधिवेशन कार्यतालिका अनुसार १८ भदौमा हुनुपर्ने वडा अधिवेशन क्रियाशील सदस्यता विवादका कारण ढिलाइ भएको हो ।

    कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ मात्रै डडेल्धुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो । सार्वजनिक भएको क्रियाशील सदस्यतालाई लिएर जिल्लामा विवाद भएपछि मंगलबार निर्वाचन अधिकृत र कांग्रेस जिल्ला कार्यसमितिबीच छलफल भएको हो । छलफलपछि निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले २५ भदौका लागि वडा अविधेशन तोकिएको बताए ।

     

    ‘क्रियाशील सदस्यता टुंगो लगाउन ढिलाइ भएका कारण १८ भदौमा हुन नसकेकाले केन्द्रीय निर्वाचन समितिको निर्देशन अनुसार वडा अधिवेशनको नयाँ मिति तोकिएको हो,’ उनले भने । निर्वाचन अधिृकत बमले बाँकी अधिवेशन कार्यतालिका अनुसार नै हुने जनाए ।

    कांग्रेस जिल्ला कार्यसमितिले करिब ५ हजार आठ सयको क्रियाशील सदस्यता सूची पठाएकोमा केन्द्रले चार सय जनाको नाम हटाएको र तीन सयको नाम थप गरेको आरोप छ ।

    करिब २० जिल्लाको क्रियाशील सदस्यता टुंगो नलाग्दा स्थानीय तहको अधिवेशन कार्यतालिका प्रभावित हुने आशंका बढेको छ । प्रदेश २ का आठवटै जिल्ला, काठमाडौं, सिन्धुपाल्चोक, रसुवा, कपिलवस्तु, बाँके, बर्दिया, मोरङ, कैलालीलगायत जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरिएको छैन ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.