सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रसेवक कर्मचारी सेवाप्रवाह र नीति कार्यान्वयनमा खरो उत्रनुपर्छ : मुख्यमन्त्री


  •    न्युजभित्तो/२२ भाद्र २०७८, मंगलवार १३:१४ 
  • गण्डकी, २२ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रसेवक कर्मचारी सेवाप्रवाह र नीति कार्यान्वयनमा खरो उत्रनुपर्ने बताउनुभएको छ । १८ औँ निजामती सेवा दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दैै उहाँले स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भर हुने बताउनुभयो ।

    निजामती सेवालाई थप व्यावसायिक र सिर्जनशील बनाउने तथा विकास, समृद्धि र सुशासन प्रवद्र्धनमा सबै निजामती कर्मचारी ऐक्यबद्ध रूपमा परिचालित भई सरकारको नीति कार्यान्वयनमा प्रतिबद्ध हुनु आवश्यक रहेको शुभकामना सन्देशमा भनिएको छ । गण्डकी प्रदेश सरकार निजामती कर्मचारीको वृत्ति विकास र उत्प्रेरणा अभिवृद्धिमा सदा सकारात्मक रहँदै आएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले सार्वजनिक सेवा प्रवाह र सरकारको नीति कार्यान्वयमा विगतमा जस्तै प्रभावकारी भूमिका निर्वाह गर्न अनुरोध गर्नुभएको छ ।

    वृक्षरोपण

    निजामती सेवा दिवसका अवसरमा मुख्यमन्त्री पोखरेलले पोखराको बसुन्धरा पार्क नजिकै वृक्षरोपण गर्नुभएको छ । निजामती सेवा दिवस मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा उहाँले वृक्षरोपण गर्नुभएको हो । सो अवसरमा सडक किनारमा कोइरालो, टाँकीलगायत बिरुवा रोपिएको थियो ।

    कार्यक्रमममा प्रमुख सचिव डा दामोदर रेग्मी, वन तथा वातावरण मन्त्रालयका सचिव डा महेश्वर ढकाल, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बराल, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन कास्की अध्यक्ष भरत भुसाल लगायतको सहभागिता थियो । उक्त अवसरमा कार्यालय व्यवस्थापन र सेवा प्रवाहमा उत्कृष्ट ठहरिएका तीनवटा कार्यालय, पोखरा महानगरपालिका–२४ कार्यालय, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय पोखरा र सङ्घीय आयोजना कार्यान्वयन एकाई ९सहरी विकास० पोखरालाई सम्मान गरिएको थियो । मुख्यमन्त्री पोखरेलले ती कार्यालयका प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
    ———

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.