काँग्रेस महाधिवेशन : रत्ननगरका १४ वटा वडामा सर्बसम्मत नेतृत्व
न्युजभित्तो/२१ भाद्र २०७८, सोमबार १८:१६
चितवन,२१ भदौं । नेपाली काँग्रेसले रत्ननगरका १४ वटा वडामा सर्बसम्मत नेतृत्व चयन गरेको छ । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमवार भएको वडा अधिबेशनले रत्नननगरका १६ वटा वडा मध्ये १४ वटा वडामा सर्बसम्मत नेतृत्व चयन गरेको हो ।
वडामा निर्वाचित भएका सभापतिहरु अधिकाँस युवाहरु रहेका छन् । रत्ननगर काँग्रेसले १४ वटा वडामा वडा समिति र वडाबाट निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिहरु सर्वसम्मत निर्वाचित गर्न सफल भएको नगर सभापति रुपनराज घिमिरेले बताए ।
रत्ननगर वडा नं १ को वडा सभापतिमा कुलप्रसाद सापकोटा,वडा नं २ को सभापतिमा केशवनारायण श्रेष्ठ,वडा नं ३ को वडा सभापतिमा बसन्त देवकोटा,वडा नं ४ को वडा सभापतिमा रामकुमार चौधरी,वडा नं ५ को सभापतिमा ऋषिराम गुरुङ,वडा नं ६ को सभापतिमा गोपिकृष्ण बिडारी निर्वारोध निर्वाचित भएका छन् ।
त्यसैगरी वडा नं ८ को सभापतिमा कृष्ण चौधरी ,वडा नं १० को सभापतिमा कलाधर पौडेल,वडा नं ११ को वडा सभापतिमा कुलबहादुर गुरुङ,वडा नं १२ को वडा सभापतिमा कृष्ण रेग्मी,वडा नं १३ को वडा सभापतिमा टोमराज भट्टराई,वडा नं १४ को वडा सभापतिमा हरि अधिकारी,वडा नं १५ को वडा सभापतिमा शिव तिवारी,वडा नं १६ को वडा सभापतिमा देवबहादुर राना सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी वडा नं ९ मा सर्वसम्मत नेतृत्व छान्न सहमतिको प्रयास जारी रहेको र वडा नं ७ मा मतदान भइरहेको नगर सभापति घिमिरेले जानकारी दिए ।