सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’, निजामति दिवसको आर्दश वाक्य


  •    न्युजभित्तो/२० भाद्र २०७८, आईतवार १५:५० 
  • काठमाडौँ, २० भदौ । सरकारले निजामति कर्मचारीको आर्दश वाक्य पाँच वर्षका लागि तय गरेको छ ।

    मुख्यसचिव शङ्करदास बैरागीको अध्यक्षतामा निजामति सेवा दिवस मूल समारोह समितिको बैठकले विसं २०७८ देखि २०८२ सम्मका लागि ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने आर्दश वाक्य तय गरेको हो ।

    यसअघि हरेक वर्ष दिवस मनाउँदा फरकफरक आर्दश वाक्य चयन हुने गर्दथ्ये । यसपटक भने एकै पटक पाँच वर्षका लागि आर्दश वाक्य चयन गरिएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले हरेक वर्ष आर्दश वाक्य चयन गर्दा त्यो वाक्य अनुसारको लक्ष्य पूरा हुन नसकेर यसपटक पाँच वर्षका लागि एउटै वाक्य चयन गरेको बताउनुभयो ।

    “हरेक वर्ष आर्दश वाक्य चयन गर्दा एकै वर्षमा त्यसको लक्ष्य र उद्देश्य पूरा हुने भएनन्, ” उहाँले भन्नुभयो, “ती आदर्श वाक्यको लक्ष्य र उद्देश्य पूरा गर्नका लागि यस पटक पाँच वर्षका लागि एउटै वाक्य चयन गरेका हौं ।” उहाँले १५औँ योजनाको लक्ष्य र उद्देश्य अनुसार पाँच वर्षका लागि विकास, समृद्धि र सुशासन वाक्यलाई चयन गरिएको जानकारी दिनुभयो । प्रत्येक वर्ष दिवसमा आर्दश वाक्य चयन गर्दा हरेक वर्ष कार्यालयको भित्तामा लेख्नुपर्ने र कार्यालयका लेटरप्याड पनि परिवर्तन गर्नुपर्ने झन्झट समेत रहेको र त्यो अब हटने उहाँको भनाइ छ ।

    यस्तै सरकारले आ–आफ्नो कार्यालयमा सम्भव हुने कार्यक्रम गरी यस वर्षको निजामति दिवस मनाउन निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता अधिकारीले कोभिड–१९ को महामारी फैलिरहेको, स्थानीय प्रशासनको निषेधको आदेश कायम रहेको र कोरोना भाइरस सङ्क्रमणको सम्भावित तेस्रो लहरको प्रभावले जनस्वास्थ्यमा चुनौती थपिन सक्ने भएकाले कार्यालय परिसरमा नै स्वास्थ्य मापदण्डको पूर्णपालना गरी दिवस मनाउन निर्देशन दिएको बताउनुभयो ।

    गतवर्ष पनि कोरोना भाइरस सङ्क्रमणका कारण यस दिवसका अवसरमा औपचारिकता कार्यक्रम गरिएको थिएन । निजामति ऐन–२०६१ जारी भएको अवसर पारेर सरकारले हरेक वर्ष भदौ २२ गते यो दिवस मनाउने गरिन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.