सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बन्यो अनौठो चार्जिङ केबल ! चार्ज गर्दा आइफोन ह्याक हुने


  •    न्युजभित्तो/२० भाद्र २०७८, आईतवार १०:३५ 
  • विश्वमा आइफोन प्रयोगकर्ताहरुको संख्या करोडौंमा छ । सुन्दर तथा आकर्षक डिजाइन अनि उत्कृष्ट फिचरका कारण आइफोन वास्तवमा स्टाटस सिम्बोल नै बनेको छ । फोनमा अलिक धेरै खर्च गर्न सक्ने मानिसहरु एप्पलका प्रडक्टहरु किन्न लालायित हुन्छन् ।

    वास्तवमा अन्य स्मार्टफोनहरुकेा तुलनामा प्रयोगकर्ताको सुरक्षा तथा सन्तुष्टिको मामिलामा एप्पल अग्रणी स्थानमै आउँदछ । अन्य स्मार्टफोनकेा तुलनामा एप्पल प्रयोगकर्ताका डाटा चोरी भएका, दुरुपयोग भएका तथा ह्याक भएका घटना कमै आउँदछन् । तर पछिल्लो एक रिपोर्टले भने आइफोन प्रयोगकर्ताहरुलाई खतराको घण्टी बजाइदिएको छ ।

    चार्जर केबलबाट आइफोन ह्याक

    Vice को एक रिपोर्ट अनुसार MG नामक एकजना सेक्योरिटी अनुसन्धानकर्ताले एउटा यस्तो चार्जिङ केबल तयार पारेका छन् जसले आइफोन चार्ज गर्नेमात्र होइन आइफोनका सबै डाटा चोरी गर्न सक्दछ ।

    वास्तवमा त्यो चार्जिङ केबलमा एक चिप राखिएको हुन्छ जसले आइफोनमा टाइप गरिने सबै चिज रेकर्ड गर्न सक्दछ । सो केबलम जडान गरिएको चिपको सहायताले ह्याकरले सम्बन्धित आइफोनमा रहेका सबै डाटा हात पार्दछ ।

    त्यसैले यदि कसैले उक्त तारबाट आइफोन चार्ज गरिरहेको बेला आइफोनमा बैंकको एप खोलेर युजर आइडी तथा पासवर्ड हालेर कारोबार गरियो भने ह्याकरले तपाइँको बैंक अकाउन्ट पनि हात पार्न सक्दछ ।

    रिपोर्ट अनुसार MG ले DE CON Hacking Conference 2019 मा सबैभन्दा पहिले यो चार्जिङ केवलको प्रदर्शन गरेको थियो । हाल उसले यो कम्पनीको आम रुपमा व्यवसायिक उत्पादन सुरु गरेको छ र साइबर सेक्योरिटी भेन्डर ज्बपछ ले यसको बिक्री सुरु गरेको छ ।

    कसरी काम गर्दछ ?

    उक्त चार्जिङ केबलको नाम OMG Cables हो । यो केबलले आफैले एक वाइफाइ हटस्पट बनाउँदछ जसबाट ह्याकरले आफ्नो डिभाइसलाई कनेक्ट गर्न सक्दछ । त्यसपछि एक इन्टरफेसको माध्यमबाट ह्याकरले आइफोनमा टाइप गर्नका लागि थिचिने सबै चालहरु रेकर्ड गर्दछ र सम्पूर्ण डाटाहरु हात पार्दछ । यो केबलको जियो फेन्सिङ फिचरले प्रयोगकर्ताको डिभाइसको पे लोडलाई ब्लक तथा टि्रगर गर्ने अनुमति समेत दिन्छ ।

    आइफोन ह्याक गर्ने उक्त चार्जिङ केबलको बारेमा एप्पलले भने हालसम्म कुनै टिप्पणी गरेको छैन ।

    एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.