सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दीर्घजिवी बनाउने प्राकृतिक चिकित्सालय


  •    न्युजभित्तो/२० भाद्र २०७८, आईतवार १०:१४ 
  • म्याग्दी, २० भदौ । गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको सहयोगमा बेनी–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय स्थापना गरिएको छ । सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले चिकित्सकका निगरानीमा औषधिको प्रयोगबिना बिरामीको उपचार गरिने चिकित्सालय स्थापना गरेको हो ।

    समितिका सचिव कृष्ण खड्काले भवन निर्माण, उपकरण जडान, व्यवस्थापन र चिकित्सक नियुक्त भइसकेको आगामी असोजदेखि बिरामी भर्ना गरेर सेवा सुरुआत गर्ने तयारी भएको जानकारी दिनुभयो । “प्राविधिक, पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापन गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “नगरपालिका र प्रशासनसँग तातोपानी कुण्ड खुलाउन मागिएको सहमति स्वीकृत भएपछि चिकित्सालयको सेवा सुरु गर्छौँ ।”

    म्याग्दी नदीका किनारमा जमिनभित्रबाट वीरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा परम्परागत शैलीमा शरीर डुबाएर गरिँदै आएको प्राकृतिक उपचारलाई व्यवस्थित र प्रभावकारी बनाउन चिकित्सालय बनाइएको हो । चिकित्सक आयुषा अधिकारीले हाइड्रो थेरापी (जलचिकित्सा), म्यानुयुलेटिभ (मसाज थेरापी), योगा थेरापी, पोषण थेरापी, अकुपञ्चर, फिजियो थेरापी, परामर्शको माध्यमबाट बिरामीको उपचार गर्नुहुने जानकारी दिनुभयो । उहाँले बाथ, दम, नशा च्यापिएका, प्यारालाइसिस, पेट, छाला, टाउको दुखाई, माइग्रेन र ग्यासट्राइटिससम्बन्धी समस्या भएका बिरामीको उपचार गरिने बताउनुभयो । “

    रोगीलाई निरोगी र निरोगीलाई दीर्घजिवी बनाउने प्राकृतिक चिकित्सालयको उद्देश्य हो”, उहाँले भन्नुभयो, “योगा, फिजियो थेरापी, हाइड्रोथेरापी, अकुपञ्चर र परामर्शकक्ष बनाएका छौँ ।” प्रदेश सरकारको रु ५० लाख बजेटबाट नगरपालिकाले गत आर्थिक वर्ष २०७७÷७८ मा चिकित्सालयका लागि आवश्यक उपकरण र सामग्री खरिद गरी जडान गरेको थियो । यसैगरी पर्यटन मन्त्रालयको रु ५० लाख र तातोपानी कुण्ड व्यवस्थापन समितिको रु ५० लाख गरी रु एक करोड लगानीमा चारतले भवन निर्माण गरिएको समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिनुभयो ।

    तातोपानीमा आउने बिरामीको प्रभावकारी उपचारका लागि प्राकृतिक चिकित्सालयले सहयोग पुग्ने उहाँले बताउनुभयो । तातोपानीमा उपचार गराएमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्किएको, पेट दुख्ने, खाना रुचि नहुनेलगायतका स्वास्थ्य समस्या निको हुने बिरामीको अनुभव छ । ग्यास्ट्रिक, बाथरोथ (युरिकएसिड), ढाड दुख्ने, छालासम्बन्धी विविध रोग, सुन्निएको, बज्रिएर चोट लागेको, मर्किएको, पेट सुन्निने, गलगाँड र एसाइटिसजस्ता स्वास्थ्य समस्या निको हुने गरेको बिरामी बताउँछन् । यस स्थानमा वीरेनुन र गन्धन (सल्फर) तत्वसहितको ४५ देखि ५७ डिग्री सेल्सियस तातोपानी निस्कने मुहान रहेको छ । गन्धक आफँैमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुन्छ । एक दिनमा दुईपटक दुई÷दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्किएर पाँच–दश मिनेटसम्म पछ्यौरा, कम्बल, प्लास्टिक, काम्लो आदि न्याना कपडा ओढेर शरीरबाट चिटचिट पसिना निस्कँदासम्म विश्राम गरिन्छ ।

    तातोपानी कुण्डमा पुरुष र महिलाका लागि फरक–फरक समय तालिका बनाइएको छ । रु ३५० शुल्क तिरेर १० दिनसम्म स्नान गर्न पाइन्छ । कोरोनाको दोस्रो लहर फैलिएपछि गत वैशाखदेखि बन्द भएको तातोपानी कुण्ड स्नानका लागि खुलाउने तयारी भएको छ । स्वास्थ्य समस्या नदेखिएका र कोरोनाविरुद्धको खोप लगाएकाहरुलाई स्नान गर्न दिने गरी खुलाउन लागिएको समितिका सहसचिव कुमार केसीले बताउनुभयो । तातोपानी कुण्डमा विशेष गरेर असोज, कात्तिक, माघ, फागुन र चैत महिनामा मानिसको घुइँचो लाग्ने गर्छ । कुण्डको आम्दानीले कर्मचारीको तलब, व्यवस्थापन, पूर्वाधार निर्माणका साथै स्थानीय सरस्वती माविका ११ जना निजी स्रोतका शिक्षकलाई तलबभत्ता उपलब्ध गराउँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.