सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एनडिए चितवन शाखाको आयोजनामा पद हस्तान्तरण एवं शुभकामना कार्यक्रम सम्पन्न


  •    न्युजभित्तो/१८ भाद्र २०७८, शुक्रबार १८:५३ 
  • चितवन, १८ भाद्र  । शुक्रबार भरतपुरमा नेपाल डेन्टल एशोसियसन चितवन शाखाको आयोजनामा पद हस्तान्तरण एवं शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
    नेपाल डेन्टल एशोसिएसनका पुर्व अध्यक्ष डा अजय न्यौपानेको अध्यक्षता एवं नेपाल डेन्टल एशोसिएसनका केन्द्रिय अध्यक्ष डा शुभित माक्केको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा वर्ष २०२१ देखि २०२३ सम्मको लागि नव निर्वाचित समितिलाई पद हस्तान्तरण गरिएको थियो । नेपाल डेन्टल एशोसियसन चितवन शाखाका नव निर्वाचित अध्यक्ष डा. बासुराज पाण्डेले स्वागत भाषण गर्नुभएको सो कार्यक्रममा निर्वाचन मन्डलका पदाधिकारीहरु लगायत अग्रज चिकित्सकहरुलाई सम्मान गरिएको थियो ।
    सो पद हस्तान्तरण कार्यक्रममा आफ्नो मन्तब्य ब्यक्त गर्दै प्रमुख अतिथी डा. मास्केले चितवन शाखाले दन्त चिकित्सकहरुको हक अधिकार र सामाजिक उत्तरदायित्वसँग सम्बन्धीत कार्यहरु गर्दै आफुलाई सक्रिय बनाएको भन्दै शाखाको प्रंशसा पनि गर्नुभयो । त्यसैगरी कार्यक्रममा भरतपुर अस्पतालका मे.सु. कृष्ण प्रसाद पौडेलले एशोसिएशनका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै आफु सहयोगको लागि सधै तयार रहेको बताउनुभयो । कार्यक्रममा निति तथा भावि योजनाहरु पनि प्रस्तुत गरिएको थियो । नवनिर्वाचित महासचिव डा. रोशन आर्चायले प्रस्तुत गर्नुभएको सो निति तथा भावि योजनामा संस्थाले तिन वर्ष भित्र गर्ने कामहरुलाई समेटिएको थियो ।
    चितवनमा रहेका १०० भन्दा बढी दन्त चिकित्सकहरुको सहभागितामा भएको सो कार्यक्रममा मेडिकल एशोसिएसन चितवनका सह–सचिव डा. महेन्द्र अग्रहरि, क्यान्सर अस्पतालका उप निर्देशक डा. कृष्ण सागर शर्मा लगायतले दन्त चिकित्सकहरुको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा दन्त चिकित्सकहरुको समस्या र विरामीलाई कसरी प्रभावकारी सेवा दिने भन्ने बारेमा पनि अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा निर्वाचन अधिकृत अजित शाले नवनिर्वाचित समितीका पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
    यसैबीच केही दिन पहिले दन्त चिकित्सकहरुको सहभागितामा भएको भेलाले एशोसियट् प्रोफेसर डा .बासुराज पाण्डेको अध्यक्षतामा एक समिति गठन गरेको थियो । सो समितिको उपाध्यक्षमा डा. पुजा कोइराला पोखरेल, महासचिवमा डा. रोशन आचार्य , कोषाध्यक्षमा डा. लक्ष्मण पौडेल, सह सचिवमा डा. अनुप लुइटेल र सदस्यहरुमा डा. रेनु थपलिया , डा. मनिष यादव, डा. स्वेता झा, डा. एरिका श्रेष्ठ लगायतका सर्वसम्मत निर्वाचित हुनुभएको थियो । पत्रकार हिमालदेव पंगेनीले सहजीकरण गर्नुभएको सो कार्यक्रम भरतपुरको रोज गार्डेन रिसोर्टमा सम्पन्न भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.