सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालमा पहिलो पटक अटिजम विषेश बिद्यालय


  •    न्युजभित्तो/१८ भाद्र २०७८, शुक्रबार १६:३१ 
  • चितवन,१८ भदौं । भरतपुर महानगरपालिका वडा नम्बर १० बालमन्दिर आधारभूत बिद्यालयमा अटिजम बिषेश बिद्यालय स्थापना गरिएको छ । यस बिद्यालयमा अटिजम भएका बालबालिकाहरुलाई पठनपाठन गराइने छ । बिद्यालयको आज एक समारोह बिच उद्घाटन गरिएको हो ।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिद्यालयको उद्घाटन गर्नुहुर्दै नेपालमानै पहिलो पटक अटिजम बिषेश बिद्यालय स्थापना गरिएको बताउनुभयो । अटिजम भएका बालबालिकाको अभिभावकले दुःख वेहोर्नु परेको भन्दै उहाँले यसलाई व्यवस्थित बनाईने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अटिजम साँचै पिडा दायी समस्या हो । यसले घर परिवार आफन्तलाई समेत ठूलो समस्या दिदै आएको छ ।” यो समस्या केही हद सम्म न्यूनिकरण गर्नका लागि यो बिद्यालय स्थापना गरिएको हो ।

    कार्यक्रममा उपप्रमुख पार्बती शाह ठकुरीले यो काम जटिल भए पनि प्रत्यक्ष रुपमा बालबालिकाहरु लाभान्वित हुने भएकाले आबश्यक सहयोगका लागि सबै संग अनुरोध गर्नु भयो ।

    सो अबसरमा जिल्ला समन्वय समिति चितवनका उपप्रमुख मुना कुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडा, महानगरका प्रबक्ता अरुणपिडित भण्डारी, नेपाल बाल संगठनका अध्यक्ष रविकिरण पौडेल,अटिजम केयर सोसाईटि चितवनका प्रमिला न्यौपाने लगाएतले बोल्नु भएको थियो ।

    महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख महेनद्र प्रसाद पौडेलले अटिजम जन्मजात अपाङ्ग भएको भन्दै उमेर बिकास संगै अन्य सिपमा बिकास हुन कठिनाई भएर कुनै पनि कृयाकलाप दोहो¥याउने कार्य यस्ता बालबालिकाले गर्ने बताउनुभयो । उनीहरु एक्लै बस्न रुचाउने, अर्काले बोलाउँदा राम्रो संग नबोल्ने जस्ता समस्या हुने गरेको उहाँले बताउनुभयो ।

    बिषेश शिक्षा प्रणालीबाट उनिहरुको पढाइ गर्ने भन्दै उहाँले नेपालमानै पहिलो पटक भरतपुर महानगरपालिकाले अभिभावकत्व ग्रहण गरेर बिद्यालय संञ्चालनमा ल्याएको बताउनुभयो । महानगर क्षेत्र भित्र मात्र ४० जना हाराहारी यस्ता बालबालिका हुने अनुमान गरिएको छ । ती वालवालीकालाई दिउँसोको समयमा खाना, पढाई संगै स्यहार सुसार गरिने छ । बिद्यालय सञ्चालनका लागि चालु आर्थिक वर्षमा रु १८ लाख खर्च हुने अनुमान गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.