सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काठमाडौंमा चोरी गरिएका मोटरसाईकल चितवनमा भेटियो


  •    न्युजभित्तो/१८ भाद्र २०७८, शुक्रबार १५:१९ 
  • चितवन,१८ भदौं । जिल्ला प्रहरी कार्यालय चितवनले चोरीका पाँच थान मोटरसाईकल सहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतिपुर बस्ने ३१ वर्षिय रोदित श्रेष्ठ र श्रेष्ठको मोटरसाईकल वर्कशपमा कामगर्ने कलैया उपमानगरपालिका वडा नम्बर ६ का ३५ वर्षिय कृष्ण साह रहेका छन् ।

    कार्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरि उनीहरुलाई सार्बजनिक गरेको हो । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक ओमप्रकास अधिकारीका अनुसार बुलेट मोटरसाईकल दुई थान, पल्सर २२० सिसिको २ थान, पल्सर एन।एस एक थान वरामद गरिएको हो । यस्तै दुई थान मोटरसाईकलको भाइजर, मोटरसाईकल चोरी तथा खोल्न प्रयोग गरिने बिभिन्न सामाग्री मोटरसाईकलका बिभिन्न किसिमका पाठपूर्जा, पुराना सामान झिकिएका मोटरसाईकल, सवारी दर्ता प्रमाणपत्र ४५ थान र बिभिन्न जिल्लाका नागरिकता प्रमाण पत्रको खाली काड १८ थान वरामद गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

    चोरीका मोटरसाईकलहरु मध्ये ४ वटा काठमाडौंका बिभिन्न ठाउँबाट हराएको अनुसन्धानबाट खुल्न आएको अधिकारीले बताउनुभयो । निज श्रेष्ठ यस अघि पनि यहि अभियोगमा पक्राउ परेका थिए । उनीहरुलाई मुलुकी अपराध संहित २०७४ परिच्छेद २० दफा २४२ उपदफा २ बमोजिम ३ वर्ष कैद र रु ३० हजार जरिवाना हुने उहाँले जानकारी दिनुभयो । उनीहरुलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको अधिकारीले बताउनुभयो ।

    चोरीका मोवाईल सहित २ जना पक्राउ

    पूर्बी चितवनको रत्ननगरमा रहेको ए टु जेड मोवाइल पसलमा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ घर भई हाल पूर्बी चितवनको खैरहनी नगरपालिका वडा नम्बर १ ज्यामिरे बस्ने २२ वर्षिय कृष्ण तामाङ् र १६ वर्षिय वालक रहेको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
    उनीहरुले भदौ १२ गते मोवाईल पसलमा चोरी गरि १९ थान मोवाईल, डमी मोवाईल १२ थान, ल्यापटप १ थान र घडि चार थान चोरी गरेका थिए । पक्राउ परेका उनीहरुको साथबाट डमि मोवाइल बाहेक अन्य सबै सामान सुरक्षित बरामद गरिएको अधिकारीले जानकारी दिनुभयो । उनीहरुलाई मुलुकी अपराध संहित २०७४ परिच्छेद २० दफा २४२ उपदफा २ बमोजिक ३ वर्ष कैद र रु ३० हजार जरिवाना दावि गिएको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.