सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषिउपज केन्द्र निर्माण हुने भएपछि किसान उत्साहित


  •    न्युजभित्तो/१८ भाद्र २०७८, शुक्रबार १३:५० 
  • नवलपुर, १८ भदौ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दुमा रु २४ करोड लागतमा कृषिउपज केन्द्र निर्माण हुने भएको छ ।

    सङ्घीय सरकार र मध्यबिन्दु नगरपालिकाको लगानीमा नगरपालिकाको वडा नम्बर ७ चोरमारामा कृषिउपज केन्द्र निर्माण गरिने भएको हो ।

    सङ्घीय सरकारको रु एक करोड ८८ लाख तथा थप रकम मध्यबिन्दु नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नेगरी कृषिउपज केन्द्र निर्माण गर्न लागिएको नगरप्रमुख चन्द्रबहादुर रानाले बताउनुभयो । चार चरणमा गरेर निर्माण सम्पन्न हुने कृषिउपज केन्द्रको पहिलो चरणमा रु चार करोड बराबरको ठेक्का सम्झौता भइसकेको रानाले बताउनुभयो । व्यवस्थित बजार निर्माणको लागि नगरपालिकाको नमूना योजनाको रुपमा कृषिउपज केन्द्र निर्माण गरिने उहाँको भनाइ छ ।

    चोरमारामा लाग्ने हाटबजारको वैकल्पिक व्यवस्थापन गर्दै सोही स्थानमा कृषिउपज केन्द्र निर्माण गर्न लागिएको हो । गत वर्ष कृषिउपज केन्द्र निर्माणका लागि काम सुरु गरिएको भए पनि हाट बजार व्यवसायीको विरोधको कारण काम अगाडि बढ्न सकेको थिएन । कृषिउपज केन्द्र निर्माण गर्दा कृषकका लागि मात्रै प्रयोग हुन्छ भन्ने हाट बजार व्यवसायीको बुझाइका कारण गत वर्ष काम सुरु गर्न कठिन भए पनि यस वर्ष उनीहरुलाई बुझाएर निर्माण काम सुरु गर्न लागिएको नगरप्रमुख रानाको भनाइ छ ।

    हाट बजार व्यवसायीको माग त्यो स्थानमा कृषिउपज केन्द्र निर्माण गर्न नहुने र निर्माण गर्नै परे हाट बजारलाई पनि सोही स्थानमा व्यवस्थापन गर्नुपर्छ भन्ने रहेको वडाध्यक्ष अमृतप्रसाद ज्ञवालीले बताउनुभयो । कृषिउपज केन्द्र निर्माण गर्न चोरमारा–७ को नवजागरण नमूना प्राविको जमिनसमेत समेटेर दुई बिघा १४ कट्ठा जमिनमा विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बनेको वडाध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो । अब त्यहाँ अरु थप संरचना वा व्यवस्थापन गर्ने कुरा गाह्रो हुने भन्दै उहाँले हाट बजार व्यवसायीलाई अन्य तीन वटा विकल्प दिएको बताउनुभयो ।

    कृषिउपज केन्द्र निर्माणका लागि पाइनस उपमा जेभी काठमाडौँसँग मध्यबिन्दु नगरपालिकाले २०७८ जेठ ३ गते ठेक्का सम्झौता गरेको छ । सम्झौताबमोजिम ठेकेदार कम्पनीले १२ वटा टहरा, एक वटा कृषिउपज सङ्कलन केन्द्र र कार्यालय भवन निर्माण गर्नेछ । विसं २०७९ जेठ १९ गतेसम्ममा सबै संरचना निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको नगरप्रमुख रानाले बताउनुभयो ।

    मध्यबिन्दु नगरपालिकाको केन्द्रको रुपमा रहेको चोरमारा बजारमा निर्माण हुने कृषिउपज केन्द्रले नगरपालिकाभित्र उत्पादन भएका कृषि उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान गर्ने नगरप्रमुख रानाले बताउनुभयो । नगरपालिकाको पहाडी क्षेत्र तथा तराई क्षेत्रको विभिन्न स्थानमा उत्पादन हुने कृषि उत्पादनको एकीकृत सङ्कलन र बिक्री हुँदा त्यसको प्रत्यक्ष फाइदा कृषक, उपभोक्ता र व्यवसायी सबैलाई हुने रानाको भनाइ छ । नगरभित्र मौसमी तथा बेमौसमी ताजा तरकारी तथा फलफूलका साथै अन्य कृषिउपजको राम्रो उत्पादन हुने गरेको छ ।

    कृषिउपज निर्माणसँगै नगरपालिकाभित्र व्यावसायिकरुपमा कृषि उत्पादनमा लाग्ने कृषकको सङ्ख्यासमेत बढ्ने नगरपालिकाको विश्वास छ । कृषिउपज केन्द्रजस्तै अन्य व्यावसायिक प्रयोजनको लागिसमेत एकीकृत योजना अगाडि बढाउन सकेको अवस्थामा थप व्यवसायी तथा उपभोक्तासमेत लाभान्वित हुने नगरवासीको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.