सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अवैध रुपमा यार्सागुम्बाको कारोबार गरेको आरोपमा काठमाडौंबाट चार जना पक्राउ


  •    न्युजभित्तो/१८ भाद्र २०७८, शुक्रबार १३:३१ 
  • काठमाडौं,१८ भदौ । अवैध रुपमा यार्सागुम्बाको कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट चार जनालाई पक्राउ गरेको छ ।

    गोरखाको चुमनुब्री गाउँपालिका–३ घर भई काठमाडौंको मित्रनगरमा बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ, लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ घर भई काठमाडौंको नयाँ बसपार्कमा बस्ने ५० वर्षीय बेलबहादुर थापा, लमजुङकै बेसीशहर नगरपालिका–११ घर भई काठमाडौंको बानियाँटार बस्ने ४० वर्षीय कृष्ण परियार र प्युठानको खलंगा नगरपालिका–११ घर भई काठमाडौंको तारकेश्वरमा बस्ने ४७ वर्षीय दानबहादुर जीसीलाई महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार पक्राउ गरेको हो ।

    अवैध रुपमा यार्सागुम्बाको कारोबार गरिरहेको सूचनाको आधारमा डुण्डुपको डेरा खानतलासी गर्दा १ किलो ८५० ग्राम यार्सागुम्बासहित चारै जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

    उनीहरुलाई आवश्यक कारबाहीको लागि शुक्रबार डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.