सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उपनिर्वाचनमा साउन १६ गतेसम्म १८ वर्ष पुगेकाले मात्र मतदान गर्न पाउने


  •    /१९ श्रावण २०७६, आईतवार २१:४५ 
  • काठमाडौँ । आगामी मङ्सिर १४ गतेका लागि तोकिएको उपनिर्वाचनमा यही साउन १६ गतेसम्म १८ वर्ष उमेर पूरा भएका व्यक्ति मात्र योग्य मतदाता हुने छन् ।

    निर्वाचन आयोगको सिफारिसअनुसार प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त पदहरूमा मङ्सिर १४ गते उपनिर्वाचनको मिति तोकिएको छ । उपनिर्वाचन प्रयोजनका लागि आयोगले उपनिर्वाचनको मिति तोकिएको दिन (यही साउन १६ गते) सम्ममा नाम दर्ता भई सोही मितिसम्म १८ वर्ष उमेर पूरा भएका मतदातालाई उमेर अठार वर्ष पूरा भएको मिति तोकेको छ ।

    साथै आयोगको साउन १७ गतेको बैठकबाट उपनिर्वाचन हुने जिल्लामा मतदाता नामावली ऐनअनुसार जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा सञ्चालन भइरहेको मतदाता दर्ता कार्यलाई अर्को निर्णय नभएसम्मका लागि साउन १७ गतेदेखि रोकिएको छ ।

    साउन १६ गतेसम्म सङ्कलन भएका मतदाताको विवरण अद्यावधिक गरी उपनिर्वाचन प्रयोजनका लागि आयोगमा पठाउन जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिइएको आयोगका सहसचिव एवम् प्रवक्ता शङ्करप्रसाद खरेलले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.