सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्याप्सुल फार्मेसीद्वारा यात्रा ग्रुप भरतपुरलाई खेलकुद सामाग्री सहयोग


  •    न्युजभित्तो/१७ भाद्र २०७८, बिहीबार १५:५९ 
  • चितवन,१७ भदौं । भरतपुर १०, चौबिसकोठीमा रहेको क्याप्सुल फार्मेसीले यात्रा ग्रुप भरतपुरलाई खेलकुद सामाग्री सहयोग गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि क्याप्सुल फार्मेसीका सञ्चालक ईश्वर रिमाल र शुसिल भटराईले यात्रा ग्रुपका अध्यक्ष कृष्ण कार्कीलाई खेलकुद सामाग्री सहयोग गरेको हो ।

    कार्यक्रममा बोल्दै क्याप्सुल फार्मेसीका सञ्चालक रिमालले खेलाडीहरुलाई प्रोत्साहन गर्नका लागि खेल सामाग्री सहयोग गरिएको बताए । खेलाडी देशको पहिचान भएको भन्दै उनले आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्ने प्रतिवद्धता जनाए । यात्रा ग्रुपका अध्यक्ष कार्कीले यस्ता सहयोगले खेलाडीको मनोवल बढ्ने बताए ।

    यसरी नै आवश्यक खेल सामाग्री सहयोग गरेर सबैले खेलाडीलाई खेल्ने अनुकुल वातारण सृजना गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा यात्रा ग्रुपका उपाध्यक्ष सन्तोष कुमाल, कोषाध्यक्ष संजोग गुरुङ, खेलाडीहरु लगायतको उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.