सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कास्की र तनहुँको पहिरोबारे गृहमन्त्रीले लिए सीडीओसँग जानकारी


  •    न्युजभित्तो/१७ भाद्र २०७८, बिहीबार १३:१० 
  • काठमाडौं, १७ भदौ । गृहमन्त्री बालकृष्ण खाँणले कास्की, तनहुँ र दाङका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी जिल्लामा भएका घटनाबारे जानकारी लिएका छन् । बिहीबार उनले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यसँग लगातारको वर्षातपछिको पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिएका हुन् ।

    यस्तै दाङमा बिहीबार बिहान भएको कार दुर्घटनाबारे प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसँग जानकारी लिएका छन् ।

    मन्त्री खाँणले प्राकृत्तिक विपत्तिमा परेका नागरिकको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्न निर्देशन दिए ।

    तनहुँका प्रमुख जिल्ला अधिकारी आचार्यले मन्त्री खाँणले टेलिफोनमा जिल्लाको भानु नगरपालिका–११ मानेचौकामा गएको सुख्खा पहिरोबारे जानकारी लिएको बताए ।

    आचार्यका अनुसार बुधबार गएको सुख्खा पहिरोबाट दलित परिवारका १२ घर जोखिममा परेका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए । ती परिवारका लागि अस्थायी टहरा बनाउने काम सशस्त्र प्रहरीले गरिरहेको उनको भनाइ छ ।

    यसैगरी कास्कीका प्रमुख जिल्ला अधिकारी गौतमले पोखरा महानगरपालिका–२० र ११ मा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको जानकारी दिए । पहिरोमा परी एक जना बेपत्ता भएका छन् ।

    पहिरोले पुर्दा ढलानका दम्पती कृष्ण श्रेष्ठ र सुन्तली तामाङको मृत्यु भएको गौतमले जानकारी दिए । उनका अनुसार उनीहरूका छोरा सन्तोष श्रेष्ठ बेपत्ता छन् । यस्तै पोखरा महानगरपालिकाकै वडा नम्बर ११ नमुना टोलमा पहिरोले पुर्दा ४२ वर्षीय लक्ष्य नेपाली, ४० वर्षीय विष्णु सार्की र उनका छोराको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए । पाँच जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । बेपत्ताको अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेको छ ।

    दाङमा सिस्ने खोलाले प्रदेश ३–०१–०२४ च ४४४० नम्बरको कार बगाउँदा घोराही उपमहानगरपालिका–१५ का विमला केसी र राधा कुँवर तथा घोराही–१३ का नितामाया पुन र सुशीला श्रेष्ठको निधन भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । कार चालक नरबहादुर पुन घाइते भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.