सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मलेसियामा एक नेपाली युवकको मृत्यु


  •    न्युजभित्तो/१७ भाद्र २०७८, बिहीबार ११:५१ 
  • बैतडी, १७ भदौ । यहाँ घर भएका एक नेपालीको बुधबार मलेसियामा मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्रीकेदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् ।
    सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला मृत्यु भएको त्यहाँबाट दिनेश खड्काले जानकारी दिनुभयो ।
    कावालान केशलामातान अनुग्रह सेक्युरिटी कम्पनीमा कार्यरत रहेका विष्ट केलाङ लामा रोडमा ड्युटीमा खटिएका थिए । बुधबार खाना खाएर ड्युटीमै रहेका बेला एक्कासि ढलेका र ढलेको एकछिनमै उनको मृत्यु भएको खड्काको भनाइ छ । विष्टको के कारण मृत्यु भयो भन्ने खुल्न सकेको छैन । उनको शव परीक्षणका लागि क्वालालम्पुर अस्पतालमा राखिएको छ । विष्टको कोरोना परीक्षणपश्चात शव परीक्षण गरिने जनाइएको छ । रोजगारीका लागि उनी तीन वर्ष अगाडि प्रोफेसनल मेनपावर कम्पनीमार्फत मलेसिया गएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.