चितवन, १६ भदौं । बि. सं.२०७० सालमा भएको संबिधान सभाको निर्बाचनमा नेपाली काँग्रेसका केन्द्रिय सभापति शुशिल कोईरालाको बागी उम्मेदवार वनेका नेपाली काँग्रेस चितवनका पूर्ब पार्टी सभापति बिकास कोईरालाको कारवाही आठ वर्ष पुग्दा समेत फुकुवा भएनको छैन ।
संबिधान सभाको निर्वाचनका क्रममा टिकट नपाए पछि कोइरालाले चितवन क्षेत्र नम्बर ४ बाट बागी उम्मेदवारी दर्ता गराउनु भएको थियो ।
उहाँको प्रस्ताबक र समर्थक सहित अन्यको कारवाही फुकुवा भई निर्वाचनमा टिकट पाउँदा समेत बिकास कोइरालाको फुकुवा नभएको भन्दै नेपाल तरुणदल चितवनले आज पार्टी कार्यालय अगाडी बिरोध सहित पार्टी सभापतिलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
कोईरालाको कारवाहीको फुकुवाको माग गर्दै तरुणदलले ध्यानाकर्षण पत्र बुझाएको हो । तरुणदल जिल्ला अध्यक्ष राजन ताम्राकारले काँग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।
१२ औं महाधिबेशन अन्तर्गत जिल्ला सभापति पदमा निर्वाचित कोईरालालाई केन्द्रिय नेतृत्वले अपमानजनक र अलोकतान्त्रीक शैलिबाट अपदस्त गर्ने र गैर राजनैतिक कृयाकलापलाई राजनैतिक रंग दिने कार्य गरेको भन्दै तरुणदलले ध्यानाकर्षण गराएको हो । विं सं. २०७० सालाको संबिधान सभा निर्वाचनमा पार्टी केन्द्रिय सभापतिको उम्मेदवारी रहेको स्थानमा बागि उम्मेदवारी दिएको भन्दै त्यस घटनामा आधारीत रहि वि। सं। २०७० साल कार्तिक २ गतेको निर्णयले केन्द्रिय समितिमा अनुशासनको कारवाहिका लागि पत्र पठाईएको थियो । उहाँ संगै कारवाहीमा परेका अन्यको कारवाहि फुकुवा भई निर्बाचनमा टिकट समेत दिईनु तर कोईरालाको फुकुवा नहुनु दुःखद रहेको तरुणदलले जनाएको छ ।
काँग्रेसको बिधानमा उल्लेख भएको कारवाही अबधि पुरा हुँदा समेत उहाँलाई पार्टीको सदस्यता नदिनु, एउटै अभियोगमा कारवाहीमा परेका अन्य जिल्ला नेता तथा सदस्यहरुको कारवाही समय अबधि पुरा नहुँदै फुकुवा हुनु, पार्टीको केन्द्रिय समितिमा समेत मनोनित हुँदा समेत कोईरालाको फुकुवा नभएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । वि. सं. २०७६ साल चैत १३ गते काँग्रेस चितवनको वैठकको निर्णयले कोईरालाको क्रियाशिल सदस्यता नविकरणका लागि सिफारीस गरेको भए पनि कुनै निर्णय नआउँदा आँफुहरु गम्भिर भएको दलले जनाएको छ ।
कोईराला वि. सं. २०६७ को १२ औं महाधिबेशनबाट जिल्ला सभापतिमा निर्बाचित हुनु भएको थियो । निर्वाचित वने संगै बिभिन्न कारणले जिल्लाको बिशेष अधिबेशनबाट उहाँलाई सभापतिबाट हटाईएको थियो । ज्ञापनपत्र बुझाउँदै तरुणदलले कोईरालाको फुकुवा नभए सम्म जिल्लाको अधिबेशन नदिईने बताएको छ ।