सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालिज फार्ममा चितुवा पसेपछि…


  •    न्युजभित्तो/१५ भाद्र २०७८, मंगलवार १६:४३ 
  • डोटी, १५ भदौ ।  जिल्लाको केआइसिंह गाउँपालिका–६ भूमिराजमाण्डौैँस्थित ‘कालिज बहुउद्देश्यीय फर्म’मा चितुवा पसेर कालिज मारिदिएको छ । सोही वडाका कर्ण बोहराले व्यावसायिक रुपमा कालिजपालन गर्नुभएको थियो ।

    सोमबार राति पसेको चितुवाले १५० कालिज मारेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिनुभयो । जङ्गलबाट राति फर्ममा पसेको उक्त चितुवाले कालिज मार्न थालेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

    फर्मभित्र पसेको चितुवालाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा बिहान धपाइएको थियो । बिक्रीका लागि तयारी अवस्थामा रहेका कालिज चितुवाले मारेपछि करिव रु पाँच लाख २५ हजार नोक्सानी भएको सञ्चालक कर्ण बोहराले जानकारी दिनुभयो ।

    प्रतिकालिजको मूल्य रु तीन हजार ५०० देखि रु पाँच हजारसम्म रहेको जनाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले पनि आर्थिक सहयोग गर्न थालेपछि यहाँका युवा कालिजपालनमा आकर्षित भएका हँुदै गएका छन् । बोगटान फुड्सिलका देवबहादुर बोहराले पहिलो पटक कालिजपालन सुरुआत गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.