सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुलको जग नै भत्किन थालेपछि त्रास बढ्यो


  •    न्युजभित्तो/१५ भाद्र २०७८, मंगलवार १४:२६ 
  • गण्डकी, १५ भदौ । वर्षासँगै खोलाले गरेको कटान र माटो खस्ने क्रम बढेपछि कास्कीको पोखरा महानगरपालिका–३२ मालेपाटन र तनहँुको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसी जोड्ने झोलुङ्गे पुलको जग नै भत्कन थालेको छ ।

    गत वर्षदेखि नै जोखिममा परेको सो पुललाई समयमा नै व्यवस्थापन तथा मर्मत नगर्दा पुलको जग नै भत्कन थालेपछि आवतजावतमा समेत असहज भएको छ । सेराबँेसी युवा क्लबका पूर्व अध्यक्ष एवं सेराबँेसी टोल विकास संस्थाका सचिव किशोर घिमिरेका अनुसार केही दिनयताको लगातारको वर्षासँगै कटान र माटो झर्ने क्रम निरन्तर हुँदा पुलको मालेपाटनतर्फको जग नै धरापमा परेको छ ।

    जग नै भत्कन थालेपछि आवतजावत गर्नसमेत त्रास भएको बताउँदै उहाँले यसतर्फ तत्काल राज्यको ध्यान पुग्नुपर्ने बताउनुभयो । हरेक वर्ष खोलाले पुलको किनारा कटान गर्दै गएको भए पनि यसतर्फ खासै चासो नदिएका कारण थप जोखिम बढेको जानकारी दिँदै उहाँले जोखिमका बाबजुद विकल्प नै नभएपछि सर्वसाधारण आवतजावत गर्न बाध्य भएको बताउनुभयो ।

    नौलो घुम्ती नेपालको प्राविधिक सहयोगमा विसं २०७४ मा निर्मित पुलको लम्बाइ ११९ मिटर छ । कूल रु ४१ लाख २५ हजार ५२८ लागतमा बनेको पुल बर्सेनि फुस्रेखोलामा अविरल वर्षासँगै आएको बाढीले कटान गरेपछि जोखिममा पर्दै गएको हो । कास्की पोखराको मालेपाटनका साथै तनहुँको शुक्लागण्डकीका सेराबेँसी, आरुस्वाँरा, सिम्ले, नयाँ गाउँ, थप्रेकलगायतका स्थानका बासिन्दाका लागि आवतजावतमा बहुउपयोगी बनेको पुल जोखिममा परेका कारण तत्काल अन्य वैकल्पिक उपायको खोजी हुनु अपरिहार्य भएको उहाँको भनाइ छ ।

    कास्कीको मालेपाटनतर्फको पुलको जगमा धेरै समस्या देखिएको बताउँदै उहाँले यस सम्बन्धमा कास्कीको पूर्वाधार विकास कार्यालयका साथै सम्बन्धित जनप्रतिनिधिलाई समेत जानकारी गराइएको शुक्लागण्डकी नगरपालिका–१ का वडाध्यक्ष रवीचन्द्र पौडेलले जानकारी दिनुभयो । पुलको अभावमा मालेपाटनका साथै तनहुँका सेराबेँसीलगायतका यस क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित हुने भएकोले यसतर्फ बेलैमा सबैको ध्यान जानु आवश्यक भएको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.