सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारले अनुमति दिएलगत्तै कक्षा १२ को परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी


  •    न्युजभित्तो/१५ भाद्र २०७८, मंगलवार १४:१२ 
  • काठमाडौंं, १५ भदौ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले अनुमति दिएलगत्तै कक्षा १२ को परीक्षा सञ्चालन गर्न तयार रहेको जनाएको छ ।

    कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति पाएलगत्तै परीक्षा लिने गरी तयारी अवस्थामा रहेको बोर्डका कक्षा ११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।

    कोरोना भाइरस संक्रमणकै बीच त्रिभुवन विश्वविद्यालयका परीक्षा नियमित रूपमा सञ्चालन भए पनि कक्षा १२को परीक्षा भने स्थगित भएको थियो ।

    कक्षा १२ मा अध्ययनरत विद्यार्थीले पूर्ण रूपमा खोप लगाउन पाएको अवस्थामा परीक्षा निर्वाध रूपमा सञ्चालन हुन सक्ने विश्वास आफूहरूमा रहेको उनको भनाइ छ। अनुमति पाएपछि १५ दिनको सूचना दिएर परीक्षाको कार्यतालिका निकाल्ने योजना बोर्डले बनाएको छ ।

    संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक रूपमै सञ्चालन गर्न शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्रालयलाई निर्देशनसमेत दिइसकेको अवस्थामा आफूहरू भौतिक रूपमै परीक्षा लिने योजनामा रहेको उनले बताए ।

    कक्षा १२ पछि उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी विदेशी विश्वविद्यालयमा समेत पुग्ने भएकाले भौतिक रूपमै परीक्षा लिनुपर्छ भन्ने बोर्डको नीति रहेको परीक्षा नियन्त्रक शर्माको भनाइ छ। यस वर्ष कक्षा १२ को परीक्षा दुईपटक स्थगित भइसकेको छ ।

    साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने भनिए पनि अन्तिम समयमा आएर रोकिएको थियो। यसअघि वैशाख २६ गतेबाट सञ्चालन गर्नेगरी प्रकाशित गरिएको परीक्षाको कार्यतालिका पनि रोकिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.