सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘प्रहरी शासक होइन सेवक बन्नुपर्छ ’


  •    न्युजभित्तो/१५ भाद्र २०७८, मंगलवार १३:२९ 
  • मोरङ, १५ भदौ ।  प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरमा सञ्चालित ‘प्रहरी जवान आधारभूत तालिम’मा एक सय ३३ महिला सहित ६ सय ७१ दीक्षित भएका छन् ।
    २०७७ साल मङ्सिरबाट सञ्चालित सय ३८ औँ समूहको सो तालिममा प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण र दङ्गा प्रहरी गण सुनसरी दुहवीबाट उनीहरु दीक्षित भएका हुन् । प्रशिक्षार्थीलाई प्रहरी सङ्गठनको परिचय, सुरक्षा प्रहरी कार्य, अपराध नियन्त्रण, अनुसन्धान, विद्यमान कानुन र प्रहरी नियुक्ति तथा कारबाहीलगायत विषयवस्तुमा दुई सय ३४ दिन प्रशिक्षण दिइएको थियो ।
    तालिममा उत्तमकुमार मगर प्रथम, डम्बर सुन्दास द्वितीय, अध्ययनमा भूपेन्द्रकुमार राया प्रथम, कवाजमा दीपक राजवंशी प्रथम, चाँदमारीमा लखनकुमार राय प्रथम, शारीरिक व्यायामा ऋषिकेश कार्की प्रथम र प्रहरी नियुक्ति तथा कारबाहीमा विसुकुमार राई प्रथम भएका थिए । सो अवसरमा उत्कृष्ट हुनेलाई पुरस्कार एवं प्रमाणपत्र वितरण गर्दै प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले मानवअधिकारको उच्च सम्मान गर्दै कार्य क्षेत्रमा शासकका रुपमा होइन सेवकका रुपमा सेवा गर्न निर्देशन दिनुभयो । समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरी र तालिम संयोजक एवं प्रहरी नायब उपरीक्षक विनोद शर्माले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।प्रदेश प्रहरी प्रमुख बिसीले दीक्षित हुने प्रहरीलाई दज्र्यानी चिह्न लगाइदिनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.