सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटन प्रवद्र्धनका लागि त्रिशूली नदीमा जिपलाइन


  •    न्युजभित्तो/१५ भाद्र २०७८, मंगलवार १३:२२ 
  • मुग्लिन, १५ भदौ । पर्यटन प्रवद्र्धनका लागि त्रिशूली नदी माथि जिपलाइन सञ्चालन गरिने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने स्थानमा रिभर फन विच रिसोर्ट बुट्टारले जिपलाइन सञ्चालन गर्ने भएको हो ।
    आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले रु दुई करोडको लागतमा जिपलाइन निर्माण भइरहेको रिभर फन विच रिसोर्टका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले बताउनुभयो । हाल उक्त जिपलाइनको काम ४० प्रतिशत सम्पन्न भएको छ । गत फागुन ४ गतेदेखि निर्माण सुरु गरिएको हो । कोरोना महामारीका कारण निषेधाज्ञा जारी भएपछि निर्माणमा ढिलाइ भएको प्रबन्ध निर्देशक अधिकारीले बताउनुभयो ।
    उहाँका अनुसार चार सय ८० मिटर लामो उक्त जिपलाइन निर्माण सम्पन्न भएपछि ३५ देखि ४० सेकेन्डमै पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुमखोलाबाट गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टारमा रहेको रिभर फन विच रिसोर्ट पुग्न सकिनेछ । गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर राना मगरले जिपलाइन निर्माणसँगै आन्तरिक पर्यटनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यहाँको पर्यटन विकासका लागि ढुक्क भएर लगानी गर्न व्यवसायीलाई आग्रह गर्नुभयो । गाउँपालिकाले सबै प्रकारको व्यवसाय सञ्चालनका लागि सुरक्षालगायत सबै सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
    चितवनको इच्छाकामना–३ का स्थानीयवासी प्रमोद पोखरेलले जिपलाइन सञ्चालनपछि गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाकामा विशेषगरी आन्तरिक पर्यटकहरुको आवागमनमा वृद्धि हुने बताउनुभयो । यसैबीच रिसोर्टको कम्पाउन्डमा स्काई रोप साइक्लिङ पनि निर्माण थालिएको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो । ८५ मिटर लामो उक्त स्काई रोप साइक्लिङले पर्यटकलाई थप आकर्षित गर्ने उहाँको भनाइ छ । गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टारस्थित त्रिशूली नदी किनारमा रहेको रिभर फन विच रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा रहेको रिसोर्ट हो । रिभर फन विच रिसोर्टले पर्यटकका लागि ¥याफ्टिङ, पौडी, डिलक्स सफारी, टेन्टलगायत सुविधा दिँदै आएको छ । जिपलाइन र स्काई रोप साइक्लिङ सञ्चालन भएपछि पर्यटकहरुको आवागमनमा वृद्धि हुने उहाँको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.