सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पतालसहित सात अस्पताललाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गरिंदै


  •    न्युजभित्तो/१५ भाद्र २०७८, मंगलवार १२:४४ 
  • काठमाण्डौं, १५ भदौ । सरकारले भरतपुर अस्पताल सहित देशभरका सात वटा अस्पताललाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्ने भएको छ । चालु आर्थिक वर्ष भित्र देशका विभिन्न सात वटा अस्पतालहरुलाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्न लागिएको हो ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत रहेको नसर्ने तथा मानसिक रोग शाखाका अनुसार नसर्ने रोगको विशिष्टकृत सेवा सबैको पहुँचमा पु¥याउने उद्देश्यका साथ यो कार्यक्रम अघि बढाइएको हो । सात वटा अस्पतालमा नसर्ने रोगको विशिष्टकृत सेवा सुरु गर्न सरकारले चालु आर्थिक वर्षमा ६६ करोड रुपैयाँको बजेट समेत बिनियोजन गरेको छ ।

    महाशाखाका अनुसार चितवनको भरतपुर अस्पताल सहित कोशी अस्पताल, नारायणी अस्पताल वीरगञ्ज, भेरी अस्पताल नेपालगञ्ज, सेती प्रादेशिक अस्पताल धनगढी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्न लागिएको छ । सात वटा प्रदेशका एक÷एक वटा अस्पतालहरुलाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्न लागिएको हो ।

    यी अस्पतालमा कार्डियोलोजी, क्यान्सर, सिओपिडी, मिर्गौला, मधुमेह लगायत नसर्ने रोगको उपचारका लागि व्यवस्था गरिने छ । त्यहाँ विशेषज्ञ सहित जनशक्ति व्यवस्थापनका लागि दरबन्दीको व्यवस्था समेत गरिनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.