सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सबै सरकारी सम्पत्ति एक साताभित्र बुझाउन तालिबानको निर्देशन


  •    न्युजभित्तो/१३ भाद्र २०७८, आईतवार १६:२२ 
  • काठमाडौं,१३ भदौ । तालिबानले अफगानिस्तानको काबुलका नागरिकलाई आफूसँग भएको सबै सरकारी सम्पत्ति एक साताभित्र तालिबानलाई हस्तान्तरण गर्न निर्देशन दिएको छ ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार तालिबानले सवारीसाधन, हातहतियार, अन्य सैन्य सामग्रीसहित सबै सरकारी सम्पत्ति तालिबानको सम्बन्धित निकायमा बुझाउन निर्देशन दिएको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिद्दिनले सामाजिक सञ्जाल ट्वीटरमा श्रृङ्खलाबद्ध रुपमा गरेको ट्विटमा सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको छ ।

     

    यसअघि तालिबानले सबै महिला स्वास्थ्यकर्मीलाई काममा फर्किन आग्रह गरेको थियो । पछिल्लो समय आम स्वास्थ्य सेवामा देखिएको असरलाई ध्यानमा राख्दै महिलालाई काममा फर्किन आग्रह गरेको तालिबानले जनाएको छ ।

    तालिबानको जनस्वास्थ्य मन्त्रालयले सबै महिला र कर्मचारीलाई नियमित काममा फर्किन निर्देशन दिएको हो । मन्त्रालयको विज्ञप्तिमा उनीहरुलाई आफ्नो नियमित काम गर्नमा कुनै अवरोध सिर्जना नहुने उल्लेख गरिएको छ ।

    तालिबानले दुई साताअघि अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै त्यहाँको अवस्था सामान्य बन्न सकेको छैन ।

    एजेन्सीहरुको सहयोगमा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीले क्षतिग्रस्त ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने
    सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई
    एसइईमा उत्कृष्ट नतिजा ल्याउने युनिकलाई एक लाख पुरस्कार
    • म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ
    • असामान्य जोडीको कथामा ‘गौँथली’
    • लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी
    • लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.