नारायणी नदीमा हामफाल्दा एक किशोरीको मृत्यु
चितवन, १३ भदौ । नदीमा हामफाल्दा एक किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ३ कमलनगरकी १९ वर्षिया बिबिता जिम्बा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार जिम्बा आज बिहान १० बजे नगरबन स्थित डिलबाट नारायणी नदीमा हाम फालेकी थिइन ।
उनलाई वडा प्रहरी कार्यालय नारायणगढ र बिपद व्यवस्थापन सहितको टोलीलले उद्धार गरि उपचारका लागि चितवन मेडीकल कलेज ल्याएको थियो । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया











