सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

असार १ गते आएको बाढीपहिराको क्षतिको प्रतिवेदन बुझाइयो


  •    न्युजभित्तो/१३ भाद्र २०७८, आईतवार १३:४७ 
  • मनाङ, १३ भदौ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराले सिँचाइ तथा खानेपानीमा ठूलो मात्रामा क्षति पुयाएको छ । बाढीपहिराले पु¥याएको क्षतिको विवरण सङ्कलन गरी प्रतिवेदन तयार पारिएको छ ।
    सङ्कलित क्षतिको विवरण सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले प्रतिवेदन तयार पारेको हो । बाढीपहिराले क्षति पु¥याएको साढे दुई महिना पुग्न लाग्दा प्रतिवेदन तयार भएको छ । डिभिजनले बाढीपहिराको कारण क्षतिग्रस्त सिँचाइ तथा खानेपानीको संरचना पुनःनिर्माणको वास्तविक लागत अनुमान तयार गर्नाका साथै सिँचाइको सम्भावनासहित तयार गरेको प्रतिवेदन बुझाएको छ ।

    सिँचाइ डिभिजनले तयार पारेको प्रतिवेदन ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेशलाई बुझाएको डिभिजन प्रमुख ढाकाराम आचार्यले जानकारी दिनुभयो । “एक दिनको बाढीपहिराले धेरै क्षति पु¥यायो, तर विवरण सङ्कलन तथा सम्भाव्यता अध्ययनका लागि लामो समय लाग्यो ।”

    गत असार १ गतेपछि पनि वर्षा हुन कम नहुँदा बाढी आउने क्रम जारी रह्यो । मनसुन वर्षा रोकिएपछि मस्र्याङ्दी नदीमा बाढी आइरहँदा तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको हो । सिँचाइ तथा खानेपानीका मुहान तथा भौतिक संरचनाको नदी कटानबाट बचाउन र चालू आर्थिक वर्षमा उपलब्ध बजेटको सीमाभित्र रही अल्पकालीन तथा दीर्घकालीन सम्भाव्यता समाधानका लागि सम्बोधन गराउने प्रयत्नमा रहेको उहाँले बताउनुभयो ।

    बाढीपहिराबाट बढी प्रभावित क्षेत्र नासों गाउँपालिकाका तालबजार, सिरान ताल, खोत्रो, धारापानी, थोचें, बगरछाप, दानाक्यू, चामे गाउँपालिकाको तिमाङ, थान्चोक, कोतो, चामे बजार र ङिस्याङ गाउँपालिकाको भ्राताङ, पिसाङसम्मका बस्ती, विद्यालय, सार्वजनिकस्थल, पूर्वाधारका संरचनालगायतका खानेपानी, सिंचाइको क्षतिको पहिचान र पुनःस्थापनाका लागि अल्पकालीन तथा दीर्घकालीन उपायसहित प्रतिवेदन तयार पारिएको छ ।

    ऊर्जातर्फ बाढीपहिराले नासों गाउँपालिकाअन्तर्गत डोना खोला लघुजलविद्युत् आयोजना धारापानी, ग्वा खोला लघुजलविद्युत् आयोजना तिल्चे, सदरमुकाम चामे गाउँपालिकाको स्यार्कु खोला लघुजलविद्युत आयोजना, चामे लघुजलविद्युत् आयोजना र ङिस्याङ गाउँपालिकाअन्तर्गत सब्जे खोला लघुजलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

    नासों र चामेको लघुजलविद्युत् आयोजनामा पूर्ण क्षति पुगेको छ भने ङिस्याङको लघुजलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । नदी र खोला किनारमा रहेकाले बाढीको कटानले पावर हाउस, इन्टेक, फोर वे पूर्णरुपमा क्षति भएको छ । भरखर मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएको नेपाल विद्युत् प्राधिकरण मनाङको जनताका लागि आधारभूत ऊर्जाको स्रोत नै लघुजलविद्युत् रहेको हुँदा मन्त्रालयबाट ऊर्जासम्बन्धी विज्ञको टोली तुरुन्त उक्त क्षेत्रमा परिचालित गरी लागत र सम्भाव्यता अध्ययन गरिएको तथा सोही बमोजिम सुचारु गर्ने तयारी भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

    खानेपानीतर्फ नासों गाउँपालिकाअन्तर्गतको थोंचे खानेपानी आयोजना, घेलान्चोक ओडार खानेपानी आयोजना, धारापानी खानेपानी आयोजना र नाचे खानेपानी आयोजना, चामे गाउँपालिकाअन्तर्गत थान्चोक खानेपानी आयोजना, वृहत चामे खानेपानी आयोजनामा क्षति पुगेर मर्मत तथा पुनःनिर्माण गर्नुपर्ने अवस्थामा रहेको प्रतिवेदनमा जनाइएको छ । ङिस्याङ गाउँपालिकाअन्तर्गत पिसाङ खानेपानी आयोजना, घ्यारु खानेपानी आयोजना, खाङ्सार खानेपानी आयोजना र ढिकुरपोखरी खानेपानी आयोजना पूर्ण क्षति भएको छ ।

    त्यस्तै सिँचाइतर्फ खाङ्सार सिँचाइ योजना, ताचै सिँचाइ योजना, क्युपार सिँचाइ योजना, भ्राताङ सिँचाइ योजना, सब्जे र क्युबेँशी सिँचाइ योजनामा बाढीले क्षति पुगेको जनाएको छ । यी योजनाको मर्मत तथा सम्भार पुनःनिर्माणका लागि मन्त्रालयलाई जानकारी गराइ आग्रह गरिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.