सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्ती प्रादेशिक अस्पतालका चिकित्सक र कर्मचारी आन्दोलित


  •    न्युजभित्तो/१३ भाद्र २०७८, आईतवार १३:३४ 
  • दाङ, १३ भदौ । राप्ती प्रादेशिक अस्पतालका चिकित्सक तथा कर्मचारीहरु  आन्दोलनमा उत्रिएका छन् । प्रादेशिक अस्पतालसहित तुलसीपुरका निजी तथा सरकारी अस्पतालमा कार्यरत चिकित्क तथा स्वास्थ्यकर्मीले आइतबार विरोध गर्दै सडकमा निस्केका हुन् ।

    अस्पतालका डाक्टरमाथि दुर्व्यवहार भएपछि उक्त घटनाका दोषीलाई कार्बाहीको मागसहित उनीहरूले बजार परिक्रमा गरेका हुन् ।

    घटना भएको तेस्रो दिनसम्म पनि घटनामा संलग्न दोषी पक्राउ पर्न नसकेको भन्दै उनीहरु आक्रोसित बनेका छन् । दोषी पक्राउ नपर्दासम्म अस्पतालका आकस्मिक, डायलायसिस र सुत्केरी सेवाबाहेक अरु सेवा बन्द गरिएको संघर्ष समितिका सम्योजक डा ॐ अर्यालले बताए । उनले दोषी्लाई कारवाही नभएको हुँदा आन्दोलन सडकमा केन्द्रीकृत गरेको बताए ।

    चिकित्सकको आन्दोलनका कारण सेवा अवरुद्ध हुँदा अस्पतालमा आउने बिरामीले सास्ती पाएका छन् । अस्पतालमा अन्य सेवा बन्द गरेर उनीहरु आन्दोलनमा हुँदा उपचारका लागि अस्पतालमा आएका बिरामीहरु त्यसै फर्किन बाध्य भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले घटनामा संलग्न दोषी उम्कन नसक्ने बताए ।

    शुक्रबार दिउँसो २ बजेतिर सर्जन परियार, दिवस क्षेत्री, गणेश खड्कासहितका युवाहरूले डा. सिंहमाथि दुर्व्यवहार गरेका थिए । अस्पतालमा कल्चर सेवा नभएको विषयमा विवाद भएपछि परियारसहितको टोलीले डा. सिंहलाई मोसो दलेपछि अहिले अस्पताल तनावग्रस्त बनेको छ ।

    दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सेवा नरोक्न आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गरेका छ्न ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीले क्षतिग्रस्त ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने
    सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई
    एसइईमा उत्कृष्ट नतिजा ल्याउने युनिकलाई एक लाख पुरस्कार
    • म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ
    • असामान्य जोडीको कथामा ‘गौँथली’
    • लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी
    • लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.