सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल प्रेस युनियन काठमाडौँका पूर्वअध्यक्ष नकुल अर्याललाई पितृशोक


  •    न्युजभित्तो/१३ भाद्र २०७८, आईतवार १२:४९ 
  • काठमाडौँ, १३ भदौ । नेपाल प्रेस युनियन काठमाडौँका पूर्वअध्यक्ष नकुल अर्याललाई पितृशोक परेको छ ।उहाँका ७२ वर्षीय पिता दुर्गादत्त अर्यालको शनिबार राति काठमाडौँमा निधन भयो । उहाँ लामोसयमदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो ।

    विसं २००६ वैशाख १२ गते स्याङ्जाको साविक बानेथोक देउराली गाउँ विकास समितिमा जन्मनुभएका स्व अर्याल पछिल्लो समय भरतपुर महानगरपालिका–१२ चितवनमा परिवारसँग बस्दै आउनुभएको थियो ।विसं २०१५ को आमनिर्वाचनमा पिता शोभाकान्त अर्यालको प्रेरणाबाट कांग्रेसलाई विजय गराउन महत्वपूर्ण भूमिका खेल्नुभएका स्व अर्याल विसं २०४६ को आन्दोलन र २०६२÷६३ को आन्दोलमा सक्रिय भएर लाग्नुभएको थियो । उहाँ चितवनको प्रजातान्त्रिक सेनानी हुनुहुन्थ्यो । स्व अर्यालका श्रीमती, छ छोरा र तीन छोरी हुनुहुन्छ ।

    यसैवीच स्व अर्यालको निधनप्रति नेपाल प्रेस युनियन काठमाडौँ शाखाले दुःख व्यक्त गरेको छ । शाखाका अध्यक्ष जगन्नाथ दुलालले आज शोक विज्ञप्ति जारी गर्दै मृतात्माको चिरशान्तिको कामना गर्दै दुःखद् घडीमा सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.