सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महाकालीको पहुँच मार्गमा अनावश्यक हिँडडुल गर्न निषेध


  •    न्युजभित्तो/१३ भाद्र २०७८, आईतवार १२:३० 
  • कञ्चनपुर, १३ भदौ । भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको निर्माणाधिन पुल जोडने पहुँच मार्गमा अत्यावश्यक कार्यबाहेक आजदेखि हिँडडुल गर्न निषेध गरिएको छ । कोरोनाको सङ्क्रमणलाई मध्यजनगर गर्दै जिल्ला प्रशासन कार्यालयले पुल निर्माणमा संलग्न कामदार बोक्ने सवारी साधन, ढुवानीका साधन र कामदारलाई मात्रै सडकमा जान अनुमति दिने भएको छ ।

    अन्य सवारी साधन आवतजावत गर्न र अनावश्यक हिँडडुल गर्नमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि निषेध गरिएको छ । अनावश्यक रुपमा सडक क्षेत्रमा लाग्ने भिडका कारण सडक र पुलमा काम गर्ने मजदुरमा कोरोनाको सङ्क्रमण हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै हिँडडुल गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताउनुभयो ।

    पहुँच मार्ग हाल महाकाली भाइरल रोडका नामले परिचित छ । दैनिक सडक क्षेत्रमा सयौंको सङ्ख्यामा टिकटक बनाउने, भिडियो फोटो खिच्ने व्यक्ति पुग्दछन् । सडक क्षेत्रमै झै झगडा गर्ने, निर्माण कार्यमा प्रयुक्त गाडी तथा सवारी साधनलाई बाटो नछाडने, निर्माणस्थलमा पसल खोलेर बस्ने, विद्युत्का खम्बामा चढ्ने, निर्माणस्थलमा अनुमति विना स्टिकर टाँस्ने, निर्माण भैरहेका संरचना बिगार्नेलगायतका कार्य हुन थालेपछि पहुँच मार्गको आवतजावतमा निषेध गरिएको बताइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.