सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँकेको खजुरामा व्यावसायिक कालिज पालनमा रमाउँदै युवा


  •    न्युजभित्तो/१३ भाद्र २०७८, आईतवार १२:२१ 
  • राँझा, १३ भदौ । बाँकेको खजुरा गाउँपालिका निवासी युवा दीपक पौडेलले व्यावसायिक कालिजपालनबाट मनग्गे आम्दानी गर्न थाल्नुभएको छ । खजुरा–४ मा व्यावसायिक कालिजपालन गर्नुभएका पौडेलले कालिजको एक दिनको चल्लालाई रु एक हजार ४०० मा बिक्री गर्ने गरेको बताउनुभयो ।

    “एक दिनको चल्ला रु एक हजार ४०० मा बिक्री गर्ने गरेको छु, फार्ममै आएर चल्ला लिने गरेका छन्”, उहाँले भन्नुभयो, “खानलायक भइसकेको एउटा कालिजलाई रु तीन हजार ५०० पर्दछ ।” अष्ट्रेलियाबाट कालिजको अण्डा मगाएर फार्ममै ह्याचरिङ गरी चल्ला निकालिएको उहाँले जानकारी दिनुभयो । अहिले उहाँको खजुरा कृषि फार्ममा एक हजारभन्दा बढी कालिजका चल्ला छन् । कालिजका चल्ला फार्मबाटै धमाधम बिक्री हुने गरेका छन् ।

    रु ५० लाखको लगानीमा कालिजपालन सुरु गरेको जानकारी दिँदै उहाँले दशैँसम्म हजारभन्दा बढी कालिज बिक्री गर्ने लक्ष्यसहित चल्ला हुर्काउन लागिपरेको बताउनुभयो । “दशैैँसम्म एक हजारभन्दा धेरै कालिज खानलायक बनाएर बिक्री गर्ने योजना छ”, उहाँले भन्नुभयो, “दशैँभन्दा पहिले नै कालिज बिक्रीका लागि तयार भइसक्छन्, कालिजको माग जिल्लामा अत्यधिक छ ।”

    बाँकेमा कालिजपालनका लागि सबैभन्दा ठूलो चुनौती तापक्रम रहेको छ । कालिजले ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रम सहन सक्दैन तर बाँकेमा गर्मीमा ४२ डिग्री सेल्सियससम्म तापक्रम पुग्छ । त्यसका लागि सकेसम्म धेरै गर्मी हुन नदिन व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । कालिजलाई राख्नका लागि पौडेलले जाली लगाउनुभएको छ । कालिजले घाँस, दाना, मकै, गहुँ खान्छन् ।

    बाँकेजस्तो गर्मी हुने स्थानमा कालिजको व्यावसायिक पालन चुनौतीपूर्ण रहेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डा भूपेन्द्र ओलीले जानकारी दिनुभयो । उहाँले कालिजको व्यावसायिक पालन चिसो ठाउँमा सम्भव हुने भएकाले गर्मीमा कालिज पालन फस्टाउन गाह्रो हुने भए पनि असम्भव भने नभएको बताउनुभयो ।

    गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले नयाँ व्यवसायका रूपमा युवा किसान पौडेलले व्यावसायिक कालिजपालन गरेर गाउँपालिकालाई नै चिनाउने काम गरेको सुनाउनुभयो । उहाँले इच्छाशक्ति भए जस्तोसुकै काम पनि गर्न सकिने र सम्भव हुने कुरा पौडेलले कालिजपालन गरेर प्रमाणित गरेको जनाउँदै गाउँपालिकाबाट पौडेललाई व्यावसायिक कालिजपालनका लागि हरप्रकारको सहयोग गर्न आफू तयार रहेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.