सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इन्टरनेट सेवा प्रदायकद्वारा अनलाइन सञ्चारगृह ब्लक


  •    न्युजभित्तो/१३ भाद्र २०७८, आईतवार ११:१३ 
  • विराटनगर, १३ भदौ । इन्टरनेट सेवा प्रदायक निजी संस्थाले समाचार प्रकाशन गरेको विषयमा विराटनगरबाट सञ्चालित एक अनलाइन समाचार पोर्टलको सेवा अवरुद्ध गरी ब्लक गरेको छ ।
    नेपाल पत्रकार महासङ्घ मोरङका सचिव नेत्रप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विराटनगरको सञ्चारगृह ‘आवर विराटनगर नेट’ले इन्टरनेट सेवा प्रदायक क्लासिक टेक नेटको ट्राफिक चोकमा रहेको शाखामा यही भदौ ११ गते सेवाग्राहीले तालाबन्दी गरेको समाचार प्रसारण गरेकामा उक्त अनलाइनलाई प्रतिबन्ध गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
    विज्ञप्तिमा समाचारमा चित्त नबुझेमा सञ्चारगृहलाई प्रतिबन्ध लगाउनु नेपालको संविधानविपरीत भएको उल्लेख गरिएको छ । कानुनी उपचारको बाटो हुँदाहुँदै सञ्चारगृहलाई प्रतिबन्ध लगाउनु प्रेस तथा स्वतन्त्रता अभिव्यक्तिको गम्भीर हनन् भएकाले अविलम्ब क्षमा माग्दै प्रतिबन्ध हटाउन महासङ्घले माग गरेको छ । अविलम्ब प्रतिबन्ध नहटाएमा महासङ्घ जस्तोसुकै कदम चाल्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.