सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माहुरेभञ्ज्याङमा पिन्दोङडाँडा स्वास्थ्य एकाइ भवन निर्माण


  •    न्युजभित्तो/१३ भाद्र २०७८, आईतवार ११:०२ 
  • काभ्रे,१३ भदौ । विदेशी दाताको सहयोग र तेमाल गाउँपालिकाको पहलमा वडा नं ४ माहुरेभञ्ज्याङमा पिन्दोङडाँडा सामुदायिक स्वास्थ्य एकाइ भवन निर्माण गरिएको छ। तीनकोठे सो भवन बनाउन इटलीका अम्बु गेब्रियले रु १५ लाख ६६ हजार, फ्रान्सका मौरिस डुचेनले रु चार लाख ५३ हजार, फ्रान्समा रहेका जनक लामाका पहलमा क्लेमेन्स लाभरग्ने जामजाम नमस्ते  संस्थाले रु नौ लाख २० हजार तथा अमेरिकामा रहेका शङ्कर लामाबाट रु एक लाख प्राप्त भएको थियो।

    एशोसिएजोन कल्चरले इन क्यामिनो जेनोभा इटली, जामजाम नमस्ते फ्रान्स र इन्टरनेशलन सेन्टर फर द एक्सप्लोरेसन अफ द हिमालयज फ्रान्सले सो भवन निर्माणमा विशेष सहयोग गरेका थिए। साथै दाताका सहयोगमा शय्या, अक्सिजन कन्सनट्रेटर र फर्निचरसमेतका सामग्री उपलब्ध गराइएको सहयोग जुटाउन सक्रिय स्थानीय पर्यटन व्यवसायी राजेश लामा तामाङले जानकारी दिए।

    भवन निर्माणमा स्थानीय जनश्रमदानसमेत जुटाइएको छ यसअघि वडा र गाउँपालिकाले प्रारम्भमा रकम उपलब्ध गराएका थिए। भवन बनाउन नौ आना जग्गा स्थानीय विष्णुलाल श्रेष्ठले निःशुल्क उपलब्ध गराएकाे थिए।

    एउटा सिटामोल नपाउने र सानो उपचारका लागि सहर धाउनुपर्ने भौगोलिकरूपमा दुर्गम तेमालको माहुरेभञ्ज्याङ क्षेत्रमा राज्यले दिने स्वास्थ्य सुविधा पाउँदा आफूहरु निकै खुशी भएको स्थानीयवासीले बताए। ‘गाउँमा बस्ने वातावरण बनाउन स्वास्थ्य, शिक्षा, खानेपानी, कृषिमा जोड दिनुपर्छ, यहाँको स्वास्थ्य संस्थाको संरक्षण र सञ्चालनमा निरन्तर आवश्यक सहयोग अझै जुटाउँदै जान्छौ’, सहयोग संयोजन गरेका राजेशले भने।

    सो भवनको गाउँपालिकाका अध्यक्ष सलामसिंह तामाङ र फ्रान्सका मौरिस डुचेनले शनिबार शुभारम्भ गर्नुभयो। गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउने अभिप्रायले सो एकाइमा एक स्वास्थ्य सहायक, एक अनमी र एक कार्यालय सहयोगीसहितको जनशक्ति र औषधिको प्रबन्ध गरी तत्काल सेवा सुरु गरिने गाउँपालिकाका अध्यक्ष सलामसिंहले बताए। उनले  दुर्गम बस्तीका बासिन्दाले जागरुक भएर सेवा लिनुपर्छ भने।

    गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङले बस्ती र भूगोलले टाढा भए पनि घरआँगनबाट सेवा दिनुपर्छ भनेर उक्त स्वास्थ्य एकाइ स्थापना गरिएको तर पूर्वाधार, जनशक्ति भएपछि स्थानीयवासी सेवा लिन नआए सुविधा कटौती हुनसक्छ भने।

    गाउँपालिकाका प्रशासकीय अधिकृत केदार ढकाल, उपभोक्ता समितिका अध्यक्ष इन्द्रजीत लामा, वडा स्वास्थ्यचौकीका इन्चार्ज चन्द्रध्वज लामा, चन्द्रसिंह तामाङ, सिद्धिबहादुर श्रेष्ठ र पेमा दोर्जे लामालगायतले सानो उपचार गर्न कठिन हुने दुर्गम बस्तीमा स्वास्थ्य सेवा उपलब्ध गराइनु सराहनीय कार्य भएको धारणा राखे।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.