सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देशभर वर्षा, बुधबारदेखि घाम लाग्ने अनुमान


  •    न्युजभित्तो/१३ भाद्र २०७८, आईतवार ०९:५६ 
  • काठमाडौं, १३ भदौ । मनसुन वायुका कारण एक सातादेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । लगातारको झरीले जनजीवन कष्टकर भइरहेको अवस्थामा अझै दुई दिन घाम नलाग्ने मौसमविदले जानकारी दिएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेक देशका सबै भूभागमा वर्षा भइरहेको छ । दिउँसोदेखि देशैभर वर्षा हुनेछ ।

    ‘यो मनसुन सक्रिय भएको समय हो । एक सातादेखि वर्षा भइरहेको छ र यो क्रम मंगलबारसम्म जाने देखिन्छ,’ उनले नेपाल प्रेससँग भनिन्, ‘वर्षा गराउने न्यूनचापीय रेखा नेपालको तराईको भूभागबाट नजिकै बसेको धेरै समय भइसक्यो । त्यसैले मनसुन सक्रिय भइरहेको हो ।’ नेपालमा मनसुन सकिन अझै डेढ महिना बाँकी छ । मौसमविदले नेपालको हकमा जुलाई र अगष्टलाई मनसुनको मुख्य सिजन मान्ने गर्छन् ।

    मनसुनको समयमा पनि मौसम कहिले सक्रिय हुने त कहिले निश्क्रिय हुने गर्छ । एक सातादेखि मनसुन सक्रिय छ र बाढी, पहिरो र डुवानको जोखिम अझै कम भइनसकेकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.