सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रुपन्देहीका उद्योगहरुमा बाढी पस्दा करोडौंको क्षति


  •    न्युजभित्तो/१२ भाद्र २०७८, शनिबार १६:३० 
  • बुटवल,१२ भदौ । अविरल वर्षापछि आएको बाढीले रुपन्देहीका दर्जनौं उद्योगमा क्षति पुयाएको छ । तिलोत्तमाको मणिग्रामदेखि दक्षिणतर्फ भैरहवासम्म र भैरहवा–परासी कोरिडोरका उद्योगहरुमा बाढीले बढी क्षति पुयाएको छ ।

    तिलोत्तमास्थित पञ्चकन्या समूहका प्लास्टिक र स्टिल उद्योगमा बाढी पस्दा करिब दश करोड रुपैयाँको क्षति भएको पञ्चकन्या समूहका नायब महाप्रबन्धक देवेन्द्र साहूले बताए ।

    उद्योगमा उत्पादनका लागि तयारी अवस्थामा राखिएका कच्चा पदार्थ ­९प्लास्टिक दाना०, उत्पादित सामग्री, मेसिनरी तथा विद्युतीय उपकरण लगायतमा क्षति पुगेको उनको भनाइ छ । ‘दुई वटा उद्योगमा करिब १० करोडको क्षति पुगेको अनुमान छ’ साहुले भने । उद्योग परिसर डुबानमा परेकाले उद्योग सञ्चालन हुन केही दिन लाग्ने उनले बताए ।

    सोही कोरिडोरमा रहेका एभरेष्ट रोलिङ इण्डष्ट्रिज, पूजा प्लास्टिक, श्याम मोडर्न दाल मिल, रत्ना आइरन लगायतका उद्योग पनि डुबानमा परेर क्षति भएको छ । एभरेष्ट रोलिङमा डेढ करोड भन्दा बढीको नोक्सानी भएको सञ्चालक अरुण कुमार गोयन्काले बताए ।

    यस्तै आवास ग्रुपद्वारा तिलोत्तमा–१७ कोटिहवामा सञ्चालित आधा दर्जन उद्योगहरुमा करिब ५ करोड क्षति भएको सञ्चालक महेश थैवको दावी छ । यो ग्रुपबाट सञ्चालित शुभलक्ष्मी पोलिमर्स इन्डष्ट्रिज, एभरेष्ट फूड एण्ड बेभरेज इन्डष्ट्रिज, लक्ष्मी स्टिल इन्डष्ट्रिज, नेशनल रबर इन्डस्ट्रिज, मिराज इन्डस्ट्रिज र निर्माणाधिन ज्याकर पाइप्स एण्ड फिटिङ इण्डष्ट्रिजमा क्षति पुयाएको थैवले बताए ।

    यस्तै भैरहवा–परासी कोरिडोरका सिद्धी बिनायक एग्रो इण्डष्ट्रिज, श्री स्टिल, शंकर ग्यास उद्योग, जय माता दी पाइप उद्योगलगायतका आधा दर्जन बढी उद्योगहरुमा पनि लाखौंको क्षति भएको रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहराले बताए ।

    ‘दुई दर्जन बढी उद्योगहरुमा बाढीले करोडौंको क्षति पुयाएको प्रारम्भिक विवरण आएको छ’ उनले भने, ‘तथ्यांक संकलन गरिरहेका छौं, क्षतिको यकिन विवरण आउन एक दुई दिन लाग्छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.