सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एयरलाइन्सलाई बाँकी बक्यौता बुझाउन क्यानको ताकेता


  •    न्युजभित्तो/१२ भाद्र २०७८, शनिबार १५:२८ 
  • काठमाडौँ, १२ भदौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बाँकी बक्यौता बुझाउन एयरलाइन्सलाई ताकेता गरेको छ । क्यानले आज जरुरी सूचना निकालेर सञ्चालनमा नरहेका नौ एयरलाइन्सलाई बक्यौता रकम बुझाउन आग्रह गरेको हो ।
    क्यानअन्तर्गत रहेका विभिन्न नागरिक उड्डयन कार्यालय वायुसेवा कम्पनीले बुझाउनुपर्ने रकम पटकपटक सूचना गर्दा पनि नबुझाएको भन्दै पुनः यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्रमा उक्त रकम बुझाई आफ्नो हरहिसाब फरफारक गर्न अनुरोध गरेको छ । तोकिएको मितिभित्र रकम नबुझाएमा सम्बन्धित कम्पनी र सञ्चालकलाई कालोसूचीमा राख्ने तथा प्रचलित ऐनअनुसार सञ्चालक, एकाघरका परिवारका एवं जमानी बस्नेको जायजेथाबाट सरकारी बाँकी बक्यौता असुल उपर गरिने सूचनामा उल्लेख गरिएको छ ।
    प्राधिकरणका अनुसार बक्यौता रकम तिर्न बाँकी रहेकामा नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काइलाइन एयरवेज र एयर काष्ठमण्डप रहेका छन् । साथै सञ्चालनमा रहेका वायुसेवा कम्पनी एवं सञ्चालनमा रहेका र नरहेका पार्टीलेसमेत सार्वजनिक सूचना प्रकाशित गर्नु नपर्ने गरी नियमानुसार बुझाउनुपर्ने रकम निर्धारित अवधिभित्र बुझाउनसमेत क्यानले आग्रह गरेको छ ।
    प्राधिकरणको विवरणमा नेकोन एयरका सञ्चालकमा दीपमणि राजभण्डारी, दीपक राज कोइराला, अनुप शमशेर जबरा, मुकुन्दभक्त श्रेष्ठ, रवीन्द्र श्रेष्ठ, मृगेन्द्र जोशी रहनुभएको छ । सो एयरलाइन्सले प्राधिकरणलाई चार करोड ७२ लाख २५ हजार ३४३ रुपैयाँ तिर्न बाँकी रहेको छ । त्यस्तै मणिन्द्रलाल रञ्जितकार सञ्चालक रहेको शिवानी एयरका ले रु ५५ लाख ५१ हजार ५३ तिर्न बाँकी रहेको छ भने अल्पाइन एयरका सञ्चालक प्रदीपमान सिंह, सुरेन्द्रबहादुर मल्ल र महेश्वरभक्त श्रेष्ठले रु ७२ हजार ७२८ बक्यौता तिर्न बाँकी रहेको छ । गोरखा एयरका सञ्चालन प्रज्वल श्रेष्ठ र डा उज्वल श्रेष्ठले रु २० लाख ३५ हजार २९ तिर्नु रहेको छ भने कर्णाली एयरले रु १७ लाख ४६ हजार ३०० बक्यौता तिर्न बाँकी रहेको छ ।
    सो एयरका सञ्चालकमा नारायणसिंह पुन र सविना राई पुन रहेका छन् । यसैगरी प्रज्ञान शमशेर जबरा, सिद्धिदा राणा र शिवेन्द्रबहादुर बस्नेत सञ्चालक रहेको माउन्टेन एयरले रु १२ लाख ७३ हजार ६९४ बक्यौता तिर्नुपर्ने देखिएको छ भने कस्मिक एयरका रवीन्द्रप्रसाद प्रधानले रु तीन करोड ४७ लाख ५८ हजार ७० तिर्नुपर्ने देखिएको छ । स्काइलाइन एयरवेजले पनि रु १५ लाख ५० हजार ४०० बक्यौता दिनुपर्ने देखिएको छ । सो एयरवेजको सञ्चालकमा आङ छिरिङ शेर्पा, पेम्बा छिरिङ शेर्पा, मिङमा दोर्जे शेर्पा, तेञ्जिङ नोर्बु शेर्पा र यादव खरेल रहेका छन् । यस्तै काष्ठमण्डप एयरको सञ्चालकमा प्रज्वल श्रेष्ठ, उज्वल श्रेष्ठ, हमाद अली जावोर (कतार) रहेका छन् भने उनीहरुले रु सात लाख ३८ हजार ४४७ बक्यौता तिर्न बाँकी रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.