चितवनमा डिप्लोमाको परीक्षा दिने दुई नक्कली परीक्षार्थी पक्राउ
न्युजभित्तो/१२ भाद्र २०७८, शनिबार १५:२२
चितवन,१२ भदौं । जिल्ला प्रहरी कार्यालय चितवनले अर्काको नाममा परीक्षा दिने दुई नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ। नारायणी बहुप्राविधिक शिक्षालय, भरतपुर– १० मा डिप्लोमा तहको प्रथम परीक्षा अरुको नामबाट दिने दुई नक्कली परीक्षार्थीलाई बिहीबार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ६ बस्ने २१ वर्षीय दीपकुमार राय रहेका छन् । पक्राउ पर्ने अर्का व्यक्ति नाबालक (१८ वर्षभन्दा कम उमेरको) भएकाले उसको नामथर गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जनाए ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरको भदौ महिनामा सञ्चालित डिप्लोमा तहको प्रथम खण्डको सेमेष्टर प्रणालीको परीक्षामा उनीहरुले अर्कैको नामबाट परीक्षा दिएका हुन् । डिप्लोमा इन सिभिल इन्जिनियरिङ कार्यक्रमको केमेष्ट्री विषयको परीक्षा दिँदै गरहेको अवस्थामा परीक्षा केन्द्रका कर्मचारीले उनीहरुलाई नियन्त्रणमा लिएका थिए ।
नियन्त्रणमा लिएर कर्मचारीले जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाएका थिए । चितवनका प्रहरी प्रवक्ता थापाले अदालतबाट म्याद थप गरी उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिहेको बताए ।