सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा बीमा र विपन्न सेवा उपभोग गर्नबाट वञ्चित


  •    न्युजभित्तो/१२ भाद्र २०७८, शनिबार १४:१४ 
  • नारायण अधिकारी

    चितवन, १२ भदौ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामीलाई बीमा र विपन्न सेवा उपभोग गर्न समस्या भएको छ ।

    अस्पतालले बिहान ९ बजेदेखि दिउँसो ३ः३० बजेसम्म मात्रै विपन्न र बीमाको सुविधा दिने भएपछि अस्पताल भर्ना भएका बिरामीलाई समस्या भएको हो । अन्तरङ्गका बिरामीलाई बिहान र साँझ चिकित्सकले विभिन्न परीक्षण र औषधि लेखिदिने भएपछि उक्त सेवा उपभोगमा समस्या हुने गरेको छ ।

    उदयपुरको कटारीबाट उपचारका लागि आउनुभएका खड्कबहादुर मगर अस्पतालमा भर्ना भएर बस्नुभएको १३ दिन पुगेको छ । उहाँ दिउँसो ३ बजेदेखि विपन्न र बीमाको कार्डले काम नगरेपछि व्यक्तिगत खर्चबाट उपचार गराउँदै आउनुभएको छ ।

    उपचारमा रहनुभएका उहाँको रेखदेखमा बस्दै आउनुभएकी उहाँकी श्रीमती मिनाकुमार मगरले भन्नुभयो, “साँझ बीमा र विपन्नको कार्डले काम नगर्दा उपचारमा ठूलो रकम खर्च भएको छ ।” चिकित्सकले बिहान र साँझ विभिन्न परीक्षण र औषधि लेखिदिने भएपछि विपन्न र बीमाबाट खर्च गर्न दिउँसोको समय कुर्नुपर्ने उहाँको भनाइ छ । शनिबार र सार्वजनिक बिदाका दिनमा समेत उक्त सेवा नपाइने उहाँको गुनासो छ ।

    उहाँले भन्नुभयो, “टाढाबाट आएका छाँै । समस्या भएर कसलाई भन्ने । कसैले हाम्रो कुरा सुन्दैन ।” चिकित्सकले साँझपख मात्रै परीक्षणका लागि पठाउँदा समस्या हुने गरेको उहाँको गुनासो छ । यस्तै पीडा छ सिराहबाट उपचारका लागि आउनुभएकी काजलकुमारी सिंहको पनि । उपचारका लागि अस्पतालमा भर्ना भएको एक साता भयो । उहाँले गुनासो गर्नुभयो, “साँझ चिकित्सकले परीक्षण गरेपछि, ल्याब परीक्षण, एक्स–रे, भिडियो एक्स–रेलगायतका परीक्षण र औषधि लेखिदिनुहुन्छ । बीमा र विपन्नबाट सेवा लिन भोलिपल्ट दिउँसोसम्म कुर्नुपर्छ ।”

    क्यान्सर रोगको उपचारका लागि देशभरबाट र छिमेकी देश भारतबाटसमेत बिरामी आउने गर्दछन् । टाढाटाढाबाट आएका बिरामी र बिरामीका कुरुवा स्वास्थ्य बीमा र विपन्नको सुविधा लिएपछि राहत पाउने आशमा रहेका हुन्छन् । तर बिहान ९ बजे देखि ३ः३० बजेसम्म मात्र त्यसले काम गर्ने र अन्य समयमा काम नगर्ने हुँदा आर्थिक समस्या आउने गरेको बिरामीका कुरुवाको गुनासो छ ।

    अस्पतालमा सार्वजनिक बिदाको दिनबाहेक अन्य दिन बिहान ९ बजेदेखि ३ः३० बजेसम्म बीमा र विपन्नको सुविधा पाइने अस्पतालका एक कर्मचारीले बताएको छ । केही समयअघि २४सै घण्टा सेवा दिने प्रयास गरिएको भए पनि अहिले रोकिएको हो । नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाका भवदत्त शर्माले आफूले क्यान्सर अस्पतालमा उपचारका क्रममा बीमा र विपन्नको रु दुई लाखको सुविधा पाउने भए पनि रु ३५ हजारभन्दा बढी पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो खर्च भने रु दुई लाखभन्दा बढी भयो । तर बीमा र विपन्नको खर्च हुन सकेन ।” सरकारले दिएको सुविधा अस्पतालबाट पाउन नसकिएको उहाँको गुनासो थियो ।

    अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले बीमा र विपन्नको सेवा लिने बिरामी दिउँसो १ बजेसम्म बढी हुने र त्यसपछि बीमाको रकम दाबी गर्नुपर्ने भएकाले ३ बजेपछि सेवा बन्द गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा त्यस्तो समस्या छैन । बिरामी र आफन्तले अनुरोध गरे सेवा विस्तार गर्न सकिन्छ ।”

    गत आर्थिक वर्षमा यस अस्पतालबाट विपन्नको सेवा लिने बिरामीको सङ्ख्या पाँच हजार ६६१ जना रहेको थियो । सोमध्ये ३३ जनाले वाग्मती प्रदेश सरकारले प्रदान गरेको सेवासमेत लिएका थिए । सङ्घीय सरकारले क्यान्सर रोगको उपचारका लागि रु एक लाख र वाग्मती प्रदेश सरकारले रु ५० हजार विपन्न नागरिकको उपचारका लागि सहयोग गर्दै आएको छ ।

    यसैगरी स्वास्थ्य बीमा गरेकाले परिवार सदस्यका आधारमा बढीमा रु दुई लाखसम्मको सेवा पाउने गर्दछन् । क्यान्सर रोगको उपचारमा ठूलो धनराशि खर्च हुने गर्दछन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीले क्षतिग्रस्त ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने
    सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई
    एसइईमा उत्कृष्ट नतिजा ल्याउने युनिकलाई एक लाख पुरस्कार
    • म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ
    • असामान्य जोडीको कथामा ‘गौँथली’
    • लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी
    • लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.