सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिल्ला सभापतिहरूसँग पौडेल पक्षको छलफल : सानेपामा जारी धर्ना र अनसन स्थगित गराउने तयारी


  •    न्युजभित्तो/१२ भाद्र २०७८, शनिबार ११:३८ 
  • काठमाडौं,१२ भदौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले रिले अनसनरत जिल्ला सभापतिहरूसँग छलफल गरेको छ । शनिबार बिहान पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आफू निकट जिल्ला सभापतिहरूसँग पौडेल पक्षले छलफल गरेको हो । पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ताबारे नेताहरुले जिल्ला सभापतिलाई बिफ्रिङ गरेका थिए । छलफलमा नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह, धादिङ सभापति रमेश धमला, काठमाडौं सभापति सबुज बानियाँल गायत थिए ।

    पौडेल पक्षका नेताहरु शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे देउवालाई भेटेका थिए । जिल्ला सभापतिका माग र १८ भदौमा हुने वडा अधिवेशनबारे उनीहरुले छलफल गरेका थिए ।

    देउवाले जिल्ला सभापतिका मागको सम्बोधन र १८ भदौमै वडा अधिवेशन गर्ने विषयमा सहमति जनाएका थिए ।

    आगामी मंसिर ९–१३ महाधिवेशन गर्ने कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिवेशन गर्ने काँग्रेसको तयारी छ । तर क्रियाशील सदस्यको नामावली प्रकाशन लगायतका विषयमा विवाद सकिएको छैन । काँग्रेसले ४८ जिल्लाका क्रियाशील सदस्यको नाम पार्टी वेबसाइटमा प्रकाशित गरिसकेको छ भने २९ जिल्लाको बाँकी छ ।

    शुक्रबार साँझ सभापति देउवालाई भेटेका पौडेल पक्षका नेताहरुको शनिबार बिहान पार्टी कार्यालय सानेपामा धर्ना र रिले अनसन गरिरहेका जिल्ला सभापतिसँग छलफल गरेका हुन् ।

    जिल्ला सभापतिको माग सम्बोधनका लागि क्रियाशील सदस्यता विवाद निरुपणमा खटिएका नेताहरु कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक आज सानेपा जाने तयारी भइरहेको छ ।

    सानेपामा जिल्ला सभापतिहरूसँग छलफल गरेर धर्ना र अनसन स्थगित गराउने उनीहरुको तयारी छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीले क्षतिग्रस्त ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने
    सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई
    एसइईमा उत्कृष्ट नतिजा ल्याउने युनिकलाई एक लाख पुरस्कार
    • म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ
    • असामान्य जोडीको कथामा ‘गौँथली’
    • लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी
    • लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.