सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडान अझै अनिश्चित


  •    न्युजभित्तो/१२ भाद्र २०७८, शनिबार १०:५७ 
  • टीकापुर,१२ भदौ ।  टीकापुर अस्पतालमा जडान गरिने भनिएको अक्सिजन प्लान्टको काम अनिश्चितजस्तै बनेको छ। कोरोनाको दोस्रो सङ्क्रमणका बेला अक्सिजन अभावमा थुप्रैले ज्यान गुमाउनुपरेको अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारले टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि बजेट पठाएको थियो।

    अस्पतालमै दैनिक छ/सात जना कोरोना सङ्क्रमितले ज्यान गुमाउन थालेपछि नागरिकस्तरबाट समेत सहयोगको आह्वान गरिएको थियो। त्यसपछि टीकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकाले पनि अक्सिजन प्लान्ट जडानका लागि बजेट दिने निर्णय गरी प्रक्रिया अगाडि बढाइएको भए पनि निर्माण कम्पनीको ढिलाइका कारण अक्सिजन प्लान्ट जडानको काम अनिश्चित बनेको हो।

    अस्पतालले अक्सिजन प्लान्ट जडानका लागि हेल्थ केयर सप्लायर्स काठमाडौँसँग २०७८ जेठ १७ गते सम्झौता गरेको थियो। सम्झौताअनुसार सप्लायर्सले गत असार १७ गते काम सम्पन्न गरिसक्नुपर्ने थियो। त्यसपछि पनि अस्पतालले थप चार दिनका लागि म्याद थप गर्यो। म्याद सकिएको पनि करिब दुई महिना पुग्नै लाग्दासमेत सप्लायर्स सम्पर्कमा आउन सकेको छैन। अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले अक्सिजन प्लान्ट जडान यही भदौ १५ गतेभित्र सम्पन्न गर्ने आश्वासन दिएको बताए।

    उनले मन्त्रालयमा बुझ्दा अन्य कुनै ठाउँमा पनि अक्सिजन प्लान्ट जडानको काम नभएको र अहिले नै आत्तिहाल्नुपर्ने अवस्था पनि आइनसकेको भन्ने जवाफ आएको बताए। “ढुवानीको समस्याका कारण अन्त पनि काम अगाडि बढ्न सकेको छैन, अब यो महिनाभित्र काम सम्पन्न भए पनि राम्रै हुन्थ्यो”, अध्यक्ष रावलले भने, “सम्झौता खारेज गरेर अर्को गर्दा झन बढी समय लाग्ने भएका कारण यसैलाई निरन्तरता दिइएको हो, भदौसम्म काम सकेन भने सप्लायर्सले पैसा पाउँदैन र धरौटीबापतको रु आठ लाख पनि जफत हुन्छ।”

    सङ्घीय सरकारले गत आवमा विनियोजन गरेको अक्सिजन प्लान्ट जडानका लागि विनियोजन गरेको बजेट भदौ मसान्तसम्म खर्च गर्न पाउने व्यवस्था मिलाएको छ। भदौ मसान्तसम्म पनि रकम खर्च हुन सकेन भने बजेट फ्रिज जाने भएकाले पनि यही मसान्तसम्म काम हुने अध्यक्ष रावलले विश्वास व्यक्त गरे।

    सप्लायर्सका अमिर खानले अक्सिजन प्लान्टको सामान भन्सार पुगेको जनाउँदै भदौभित्र प्लान्ट जडान गरिसक्ने बताए। “सामान भन्सारमा पुगेको छ, केही दिनमा काठमाडौँ पुगेपछि हामीले सामान छुट्याएर टीकापुरका लागि पठाउँछौँ”, उनले भने, “सामान आपूर्तिमा ढिलाइ भएका कारण समय लागेको हो, अब सामान आइसकेको छ, सामान पुगेपछि तीन/चार दिनमा अक्सिजन प्लान्ट जडानको काम सम्पन्न भइहाल्छ।” रु ८९ लाख २७ हजारमा सप्लायर्सले अक्सिजन प्लान्ट जडानको जिम्मा लिएको छ। रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.