सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ब्याज छुट तथा सहुलियतकर्जाका छुट दिन माग


  •    न्युजभित्तो/११ भाद्र २०७८, शुक्रबार १६:४८ 
  • दमक, ११ भदौ । दमक उद्योग वाणिज्य सङ्घले कोरोना महामारीका समयमा बैंकलगायतको वित्तीय संस्थाले लिँदै आएको व्याजदर छुट दिन माग गरेको छ । सङ्घको सभाकक्षमा सम्पन्न सरोकार पक्षसँगका छलफलमा सङ्घका अध्यक्ष गोकुल श्रेष्ठले केही दिनअघि व्यवसायले बुझाएको ज्ञापनपत्रको मागअनुसार सङ्घले स्थानीय सरकार, सङ्घको माथिल्लो निकायसम्म व्याज छुटका बारेमा छलफल थालिएको बताउनुभयो । उहाँले लामो समयसम्म कोभिडका कारण व्यापार, व्यवसाय ठप्प रहेको अवस्थामा बैंकलेसमेत त्यस अवधिको ब्याजमा छुट दिनुपर्ने तथा सहुलियतकर्जाका लागिसमेत सहजीकरण गरिदिनुपर्ने धारणा राख्नुभयो । सङ्घकी सङ्घसंस्था समन्वय उपसमितिकी संयोजक लक्की सिटौलाले ब्याज छुटसहित सहुलियतकर्जाका विषयमा बैंर्कससँग छलफल गरिएकोे बताउनुभयो ।

    सङ्घका पूर्वअध्यक्ष प्रकाश प्रसाईंले कोभिड महामारीका समयमा बंैकलगायतका वित्तीय संस्थाले व्यवसायीसँग कर्जाको ब्याजमा छुट दिनुपर्ने र पहिलेकै धितोमा थप केही प्रतिशत ऋण दिने वातावरण सिर्जना गर्नुपर्ने माग गर्नुभयो ।

    व्यवसायीद्वय विमल शर्मा र सन्दिप चापागाईंले बैंकको शाखाबाट केही गर्न नमिल्ने भए पनि आफ्नो माथिल्लो निकायमा समन्वय गरेर केही न केही सहज हुनेखाले कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।

    बैंकर्स एशोसिएसन दमकका अध्यक्ष राजन बस्नेतले बैंकको शाखाबाट केही गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवसायीले उठाएका व्याज छुटका विषयमा भने गम्भीर भएर माथिल्लो निकायमा पहल गर्ने छौँ ।” उक्त कार्यक्रममा दमकमा रहेका विभिन्न बैंकका शाखा प्रमुख, बैंकका प्रतिनिधि, सङ्घका सदस्य, व्यापारीलगायतको उपस्थिति थियो । संयोजक सिटौलाका अनुसार व्याजदरमा छुट तथा सहुलियत कर्जाका बारेमा बैंकसँगै सहकारी सङ्घसंस्थासँग समेत छलफल गरिने छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.