सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘एसएमजी’ हतियार प्रकरण : छानबिन समिति’ले बुझायो प्रतिवेदन जङ्गी अड्डामा


  •    न्युजभित्तो/११ भाद्र २०७८, शुक्रबार १५:२४ 
  • काठमाडौँ, ११ भदौं । चितवन स्थित सेनाको कालिबहादुर गणबाट चोरिएको स्वचालित सट मेशिन गन (एसएमजी) प्रकरणमा ट्विस्ट आएपछि सेनाले त्यसबारे छानबिन गरेको छ । काठमाडौँबाट चितवन गएको कोर्ट अफ इन्क्वायरी बोर्ड ‘छानबिन समिति’ले जङ्गी अड्डामा छानबिन प्रतिवेदन बुझाएको छ । महा–सेनानीको नेतृत्वमा गएको समितिले प्रतिवेदन बुझाएको सैनिक प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौड्यालले

    साउन ७ मा चितवनमा मृत फेला परेका सैनिक हुद्दा भरत गुरुङको हत्यामा कालिबहादुर गणबाट चोरी भएको हतियार प्रयोग भएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ । गुरुङको हत्या आरोपमा पक्राउ परेका सैनिक जवान गंगाधर ढकालले हतियार आफैँले चोरेको स्विकारेका छन् ।

    ०७५ पुस ३ मा ‘एसएमजी’ चोरी भएको थियो । हतियार चोरेको आरोपमा कालिबहादुर गणका अमल्दार लव कुमार गुरुङ र जवान सरोज तामाङ २८ महिनादेखि थुनामा छन् । ढकालको साथबाट चितवन प्रहरीले सट मेशिन गन (एसएमजी) बरामद गरेपछि सेनाले छानबिन गर्न ‘विशेष टोली’ लाई चितवन पठाएको थियो ।

    चितवनबाट फर्केको कोर्ट अफ इन्क्वायरी बोर्डले हतियार सैनिक जवान ढकालले नै चोरेको पुष्टि भएको प्रतिवेदन जङ्गी अड्डामा बुझाएको छ । कोर्ट अफ इन्क्वायरीले प्रतिवेदन बुझाएपछि कार्यवाहक प्रधान सेनापति प्रभुराम शर्माले कोर्टमार्सल ( मुद्दा सुनुवाइ गर्ने टिम)गठन गरेका छन् ।

    जिल्ला अदालत चितवनले जवान गंगाधर ढकाललाई सैनिक अदालतको जिम्मा लगाएको छ । अदालतको आदेशपछि काठमाडौँ ल्याइएका ढकाललाई कार्यवाहक सेनापतिले तोकेका सैनिक अधिकृतहरूले जंगी अड्डामा कोर्टमार्सल गरिरहेका छन् । कोर्टमार्सल शुक्रवार साँझसम्म सकिने बताइएको छ ।

    कोर्टमार्सल सकिएपछि कालिबहादुर गणका अमल्दार लव कुमार गुरुङ र जवान सरोज तामाङ ‘निर्दोष हुन कि होइनन्’ र गंगाधरले कत्ति जेल सजाय पाउँछन् भन्नेबारे निर्णय हुन्छ ।

    हतियार चोरेको आरोपमा २०७६ वैशाख ६ मा समरी जनरल सैनिक अदालतले उदयपुर घर भएका गुरुङ र मोरङ सुन्दरहरैंचा घर भएका तामाङलाई पुर्पक्षमा पठाउने फैसला गरेको थियो । उनीहरू अहिले कारागार कार्यालय भरतपुरमा छन् । जङ्गी अड्डाबाट खटिएका सैनिक अदालतका तत्कालीन अध्यक्ष (सहायकरथी) सहदेव खड्काले सैनिक ऐन–०६३ अनुसार लव कुमार गुरुङलाई १० वर्ष र सरोज तामाङलाई ७ वर्ष कैद सजाय गर्ने फैसला सुनाए ।

    अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार हत्यामा बट नम्बर ‘केआर–१००७९२’ नम्बरको एसएमजी प्रयोग भएको छ । दुई वर्षअघि चोरी भएको हतियारको नम्बरसँग सो नम्बर म्याच भएको छ ।

    ‘एसएमजी’ हतियार सहित पक्राउ परेका सैनिक जवान गंगाधर कालिबहादुर गणका होइनन् । महेन्द्रदल गणको पल्टन चितवनमा हुँदा उनी त्यहाँ कार्यरत थिए । झापाबाट कालीबहादुर गणको पल्टन चितवन सरेपछि महेन्द्रदल गण त्यहाँबाट शिवपुरीमा सरेको थियो । चितवनमा हुँदा ढकालले एरिया अध्ययन गरेर पछि हतियार चोरेको सैनिक अधिकारीहरू बताउँछन् ।

    हत्या आरोपी सैनिक जवान चितवनको कालिका नगरपालिका–२१ पदमपुरका हुन् । उनले कोतघरको झ्यालको जाली उधारेर अङ्कुसेले तानेर हतियार चोरेको छानबिनबाट थाहा भएको छ । ढकालले प्रहरीसँग ‘अङ्कुसेले तानेर एसएमजी चोरेको’ बयान दिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.