सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काबुल विमानस्थलमा आत्मघाती आक्रमण भएपछि अष्ट्रेलियाले रोक्यो उद्धार


  •    न्युजभित्तो/११ भाद्र २०७८, शुक्रबार १२:३६ 
  • काठमाडौं, ११ भदौ । अष्ट्रेलियाले अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धारको कार्य रोकेको छ । आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)ले गरेको आत्मघाती आक्रमणपछि अष्ट्रेलियाले उद्धारकार्य रोक्ने निर्णय गरेको हो ।

    आईएसले बिहीबार गराएको आत्मघाती बम विष्फोटमा परी अहिलेसम्म ८६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले बताएको छ । मृत्यु हुनेमा १३ जना अमेरिकी सैनिक छन् ।

    अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले काबुल विमानस्थलमा आक्रमण हुनुभन्दा केही समय पहिला नै सबै अष्ट्रेलियाली सैनिक फिर्ता आइसकेको र अब उद्धार कार्य जारी राख्नु सुरक्षित नहुने बताएका छन् ।

    उनले अब उद्धारपछिको अवस्थामा मानिसहरुलाई आधिकारिक मानवीय कार्यक्रममार्फत फिर्ता ल्याइने बताएका छन् । मौरिसनले अहिले पनि अफगानिस्तानमा अष्ट्रेलियाको भिसा भएका मानिसहरु रहेको बताएका छन् । यद्यपि यस्ता मानिसको संख्या कति छ भन्ने यकिन छैन । मौरिसनका अनुसार पछिल्लो ९ दिनमा अष्ट्रेलियाले अफगानिस्तानबाट ४१ सय अफगानी नागरिक तथा अष्ट्रलियाको भिसा भएका मानिसको उद्धार गरेको छ ।

    केही मुलुकले आक्रमणपछि अफगानिस्तानबाट उद्धारको कार्य रोकेका छन् । तर, पश्चिमा सुरक्षा अधिकारीले भने आक्रमणपछि उद्धारकार्यमा तीव्रता दिइएको बताएका छन् । एजेन्सीहरुको सहयोगमा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.