सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लुम्बिनी प्रदेशका ८ स्थानमा सडक अवरुद्ध


  •    न्युजभित्तो/११ भाद्र २०७८, शुक्रबार ०९:३८ 
  • बुटवल, ११ भदौ । अविरल वर्षाका कारण पुल भासिँदा, पहिरो जाँदा, बाढी आउँदा र कल्भर्ट बगाउँदा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका कम्तीमा आठ स्थानमा सडक अवरुद्ध भएको छ ।

    लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका अनुसार रुपन्देही, नवलपरासी, अर्घाखाँची, बर्दिया, गुल्मी र पाल्पाका विभिन्न स्थानमा सडक अवरुद्ध भएका हुन् ।
    ट्राफिक कार्यालयका सूचना अधिकारी डिल्ली नारायण पाण्डेयका अनुसार अर्घाखाँचीको सदरमुकाम जोड्ने गोरुसिंगे(सन्धिखर्क सडक पहिरो खसेका कारण अवरुद्व भएको छ ।

    यस्तै नवलपरासी (पश्चिम)बर्दघाट नगरपालिका-१० लण्डनबृजस्थित पूर्व-पश्चिम राजमार्ग सडक खण्ड र सुनवल नगरपालिका(१२ बडेराको ड्राइभर्सन बगाएपछि बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    यस्तै रुपन्देहीको देवदह नगरपालिका-९ स्थित घोडाहा खोलामा पुल भासिदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

    यस्तै अर्घाखाँचीको शितगंगा नगरपालिका-१२ बसेरीस्थित गोरुसिंगे(सन्धिखर्क सडकखण्ड पनि पहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    यस्तै पाल्पाको रम्भा गाउँपालिका-३ सितापहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । यस्तै बर्दियाको बांसगढी नगरपालिका-१ बबइस्थित कोहलपुर-सुर्खेत राजमार्ग सडक खण्ड पनि अवरुद्ध भएको छ ।

    गुल्मीको रुरु गाउँपालिका-२ पोखरीबगरमा पहिरो खस्दा रिडी-रुद्रबेनी सडकखण्ड अवरुद्ध भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दश महिनामा एकतिस अर्ब एकतिस करोडका सवारीसाधन आयात
    बाढीले क्षतिग्रस्त ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने
    सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई
    • एसइईमा उत्कृष्ट नतिजा ल्याउने युनिकलाई एक लाख पुरस्कार
    • म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ
    • असामान्य जोडीको कथामा ‘गौँथली’
    • लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.