सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खोटाङका योजनाका लागि प्रधानमन्त्रीसँग बजेट माग


  •    न्युजभित्तो/११ भाद्र २०७८, शुक्रबार ०८:५३ 
  • खोटाङ, ११ भदौ । नेपाली कांग्रेस खोटाङका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दर्जनौँ योजनाका लागि बजेट माग गरेका छन् ।
    महासमिति सदस्य एवं युवा नेता रविप्रकाश राई नेतृत्वको टोलीले बिहीबार ं कांग्रेस सभापतिसमेत रहनुभएका देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर जिल्लाका दर्जनौँ सडक तथा सिँचाइ योजनाका लागि बजेट माग गरेको हो । ध्यानाकार्षण टोलीले प्रधानमन्त्रीलाई मागपत्र बुझाउँदै जिल्लाको पाथेका–शनिबारे–बालाबेँसी–तापखोला पक्की सडक पुल (डिपिआर भइसकेको), दिक्तेल–अल्छेढुङ्गा–नेर्पा–दोर्पाचिउरीडाँडा–दोबेला हुँदै डाँडागाउँ–चखेवा सडक स्तरोन्नति तथा पक्की पुल निर्माण, पाथेका–शनिबारे–खार्ताम्छा–फेदी सडक स्तरोन्नति, ऐंसेलुखर्क–बाकाचोल–देउराली हुँदै सोलुखुम्बु जोड्ने सडक (डिपिआर भइसकेको), सिमेडाँडा–दिक्तेल–चुप्ला हुँदै नुनथला–बुइपा स्तरोन्नतिका लागि बजेट माग गरेको छ ।
    यस्तै याम्खाबाट रमिते–गाईखाने हुँदै रिभ्यू स्कूल सडक स्तरोन्नति, खोटाङ बजारबाट बडका–सावाकटहरे–लिकुवापोखरी हुँदै पामाखाम भञ्ज्याङ भोजपुर सडक स्तरोन्नति, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा थापागाउँबाट विद्योद्धय मावि हुँदै रकु–साल्मे–रतन्छा सडक निर्माण स्तरोन्नति, चिसापानी धाप्लाङ ग्रामीण सडक सुधार योजना, उदयपुर र खोटाङ जोड्ने पक्की पुल निर्माण, रसुवा–सिम्पानी–पानधारे सडक सुधार योजना, सिम्पानी–इन्द्रेणीपोखरी–चिप्रिङ–छितापोखरी ग्रामीण सडक सुधार योजनाका लागि आवश्यक बजेट विनियोजन गरिदिन प्रधानमन्त्री देउवासमक्ष माग गरिएको सो टोलीले जनाएको छ ।
    ध्यानाकार्षण टोलीले साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा, राजकुलो सिँचाइ योजना–बाँझेडाँडागाउँ (डिपिआर सम्पन्न), बराहपोखरी गाउँपालिका–३ साउनेचौरस्थित साउने साठी कुलो सिँचाइ योजना (डिपिआर सम्पन्न), बाम्राङस्थित साँघु खोला–झिसेपु–नेवागाउँ सिँचाइ कुलो योजना, फाक्टाङको बेतुवास्थित दिहुँखोला मुहान गरी सिम्पानी–लिच्कीराम्चे खानेपानी योजना, कपुवाखोला मुहान गरी बेतुवा सिँचाइ योजना, लपुवाखोला मुहान गरी लामीडाँडा टप्पु सिँचाइ योजना, फाक्टाङस्थित टप्पु भञ्ज्याङखर्क र पाने खोला–मार्ला हुँदै बेतुवा सिँचाइ योजना, फाक्टाङका लागि प्रधानमन्त्रीसमक्ष बजेट माग गरेको टोली संयोजक राईले जानकारी दिनुभयो । संयोजक राईका अनुसार जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा आदिवासी जनजाति सङ्ग्रहालय भवन निर्माण गर्न, दिप्लुङमै पर्ने भानुमति मन्दिर तथा पर्यटन क्षेत्र सुधार र जन्तेढुङ्गा पर्यटन क्षेत्र सुधार योजनाका लागि समेत प्रधानमन्त्री देउवासमक्ष आवश्यक बजेट माग गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.