सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुख्य राजमार्गको हेटौँडाखण्ड फराकिलो बनाउनुपर्ने


  •    न्युजभित्तो/१० भाद्र २०७८, बिहीबार १७:०३ 
  • वाग्मती, ९ भदौ । हेटौँडाको मुख्य सडक फराकिलो बनाउनुपर्ने आवाज उठ्न थालेको छ । अन्य जिल्लाका मुख्य शहरका सडक फराकिलो भए पनि हेटौँडाको सडक फराकिलो पार्ने कार्यमा अवरोध हुँदै आएको थियो । अधिकांश स्थानीयवासी सडक फराकिलो पार्नुपर्ने पक्षमा रहे पनि यसका कारण विस्थापित हुनेहरू भने वैकल्पिक मार्ग निर्माण गर्नुपर्ने पक्षमा छन् ।

    हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले महेन्द्र राजमार्ग र त्रिभुवनराजपथ कुनै पनि हालतमा फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो । आज पत्रकारसँगको कुराकानीमा उहाँले दुबै सडक विस्तार गर्न सङ्घीय सरकारसमक्ष अनुरोध गरिने जानकारी दिनुभयो ।

    उहाँले पहिले नै घर निर्माण गर्दा सडकलाई चाहिएको समयमा बिना मुआब्जा भत्काउछु भनेर सहिछाप गरेकाले अहिले बिरोध गर्नेहरूले सडक फराकिलो पार्ने काममा सहयोग पु¥याउनुपर्ने धारणा व्यक्त गर्नुुभयो ।

    प्रमुख महतले राजमार्गको बीचबाट दायाँबायाँ २५÷२५ मिटर सडक विस्तार गर्न उपमहानगरपालिकाको कार्यपालिका बैठक र नगरसभाले निर्णय गरेर सङ्घीय सरकारलाई अनुरोध गर्दा पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो ।सडक फराकिलो बनाउन पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले अवरोध गरेको कतिपयले आरोप लगाएकामा आफूले अवरोध नगरेको जिकिर उहाँको थियो ।
    “मैले त सडकलाई ३२ मिटर फराकिलो बनाउँ भनेको छु, कतिपयले मेरो घर जोगाउन मैले यस्तो प्रस्ताव गरेको भन्छन् तर ३२ मिटर फराकिलो पार्दा मेरो घर भत्किन्छ । हेटौँडाको बजारभित्र ३२ मिटरको सडक अनि नजिकै ५० मिटरको फराकिलो सडक बनाऔँ भनेको हूँ, त्यसोगर्दा हेटौँडामा दुईटा भव्य सडक थपिन्छ र बजार फैलन्छ”, उहाँले भन्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.