सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एकै दिन ८३ फरार अपराधी पक्राउ


  •    न्युजभित्तो/१० भाद्र २०७८, बिहीबार १६:२९ 
  • धरान, १० भदौ । यतिबेला प्रहरीको ध्यान फरार अपराधीमा केन्द्रित छ । वर्षौ अगाडि अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अपराधीलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो । जिल्ला अदालतको बेरुजु फछ्र्यौट गर्न र फैसला कार्यान्वायन गराउन सुनसरी जिल्ला प्रहरी कार्यालयले बुधबार मात्रै ८३ फरार अपराधीलाई पक्राउ गरेको थियो ।

    उनीहरुलाई बुधबार नै अदालतमा हाजिर गराइ कैद भुक्तानीका जेल चलान गरिएको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।
    पक्राउपर्नेमा गर्भपतन, मानव बेचबिखन, सवारी ज्यान, लागुऔषध, जबरर्जस्ती करणी, अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्बन्ध विच्छेद, भ्रष्टचार र गाली बेइज्जती मुद्दासँग सम्बन्धित थिए ।

    आपराधिक घटनामा संलग्न भई समाजमा निस्फिक्री हिँड्ने प्रवृत्ति अन्त्य गर्न चलाइएको अभियानमा यसअघि एकै महिनामा २३८ फरार अपराधीलाई पक्राउ गर्न प्रहरी सफल भएको उहाँले बताउनुभयो ।

    “अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिदैन वा कानूनी दायराबाट उम्कन सकिदैन भन्ने सन्देश यो अभियानले दिएको छ,” प्रहरी उपरीक्षक थापाले भन्नुभयो, “हामी पुराना फाइल हेदैछौँ। दोषी ठहर भएका तर सजाए नभोगेका अपराधीलाई क्रमशः नियन्त्रणमा लिएर अदालत बुझाउछौं ।”
    प्रहरीका अनुसार फरार भइ हालसम्म पक्राउ परेकाहरूबाट ८० वर्ष दुई महिना २३ दिन कैद भुक्तान र रू १४ लाख ७९ हजार ५०० जरिवाना असुल भएको भएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.