सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा आज १२४ जनामा कोरोना संक्रमण, थप दुई जनाको मृत्यु


  •    न्युजभित्तो/१० भाद्र २०७८, बिहीबार १६:१० 
  • चितवन, १० भदौं । चितवनमा आज १२४ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा ७८ जना, खैरहनीमा एक जना, माडीमा २३ जना, रत्ननगर नगरपालिकामा १६ जना, राप्तीमा पाँच जना, कालिकामा एक जना थपिएका हुन् ।

    योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ७८४ पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा एक हजार ६७९ जना र अस्पतालको आइसोलेसनमा १०५ जना रहेका छन् ।

    त्यसैगरी चितवनमा आज कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय चितवनको अनुसार चितवन मेडिकल कलेजमा नवलपुरको एक जना र पुरानो मेडिकल कलेजमा चितवनका एक जनाको मृत्यु भएको हो ।

    योसँगै चितवनका विभिन्न अस्पतालमा कोरोनाका १४८ जना बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ५९ जना, भेन्टिलेटरमा २० जना, एचडीयूमा २१ जना र जेनरल बेडमा ६८ जना रहेका छन् । विगत २४ घण्टामा चितवनको विभिन्न अस्पतालबाट २७ जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.