सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कक्षा १२ को परीक्षा भदौ अन्तिममा


  •    न्युजभित्तो/१० भाद्र २०७८, बिहीबार १५:५२ 
  • काठमाडौं, १० भदौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा भदौ अन्तिम साता या असोज पहिलो साताबाट सञ्चालन गर्न सकिने जनाएको छ ।
    संसदको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले प्रवेशपत्रका आधारमा सबै परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइएको बताए ।

    उनले भने, ‘जापानबाट प्राप्त भएको १६ लाख मात्रा एष्ट्रेजेनका खोपमध्ये विद्यार्थीलाई पनि उपलब्ध गराइएको छ । परीक्षा भदौ अन्तिम साता या असोज पहिलो साताभित्र गर्न सकिन्छ । विद्यार्थीलाई खोप लगाउने अभियानलाई तीव्ररुपमा अघि बढाइएको छ ।’

     

    उनले धेरै परीक्षार्थी भएको स्थानमा होम सेन्टरबाटै परीक्षा सञ्चालन गर्ने सरकारको तयारी रहेको बताए । उनले परीक्षा छिटोभन्दा छिटो गर्नुपर्ने भन्दै त्यसका लागि सरोकारवाला निकायसँग समन्वय गरिने बताए ।

    पूर्वशिक्षा विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका संसदीय समितिका सदस्य गिरीराजमणि पोखरेलले यथासीघ्र कक्षा १२ को परीक्षा गराउनुपर्ने बताए । समिति सभापति जयपुरी घर्तीले जनस्वास्थ्यका मापदण्ड पालना र खोप उपलब्ध गराएर छिटोभन्दा छिटो परीक्षा सञ्चालन गर्न सरकारलाई निर्देशन दिइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.