सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ओलीप्रति नेपालको आरोप : दक्षिणपन्थी भासमा फसे, नयाँ पार्टी खोल्नु बाध्यता हो


  •    न्युजभित्तो/१० भाद्र २०७८, बिहीबार १५:४३ 
  • काठमाडौं, १० भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भासमा फसेकोले नयाँ पार्टी खोल्न बाध्य हुनुपरेको बताएका छन् ।

    नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलन काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा जारी रहेको छ । नेपालले आफ्नो नेतृत्वमा नयाँ दल दर्ता गरेपछि पहिलो पटक पत्रकार सम्मेलन गरेका हुन् ।

    नेपालले ओलीले एमालेलाई दक्षिणपन्थी भासमा फसाउँदै लगेको, मार्क्सवादी मूल्य मान्यतालाई तिलाञ्जली दिएको तथा पार्टीका क्रान्तिकारीहरुलाई निष्कासन गर्दै गएपछि बाध्यताको कारण नयाँ पार्टी गठन गरेको स्पष्ट परेका हुन् ।

    नेपाल र विश्वको इतिहासमा समेत दक्षिणपन्थीहरुको ज्यादतीबाट विद्रोह गर्ने चलन रहेको भन्दै आफुहरुले पनि त्यसै गरेको बताए । आफ्नो पार्टीमा देशभरका क्रान्तिकारी नेता कार्यकर्ता रहेको भन्दै ओलीबाट पीडित भएकाहरु आफ्नो पार्टीमा त्यस्ता कार्यकर्ता आउने क्रम जारी रहेको समेत दावी गरेका छन् ।
    केन्द्रीय नेताहरूको उपस्थितिमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक घटनाक्रमबारे पत्रकार सम्मेलन गर्न लागेको बताएपनि आज जारी पत्रकार सम्मेलनमा नेपाल एमाले अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध खरो रुपमा उत्रिएका छन् । उनले एमाले बिभाजनको सम्पूर्ण दोष ओलीको टाउकोमा बिसाउने प्रयत्न गर्न गरिरहेका छन् ।

    हिजोको पत्रकार सम्मेलनमा ओली आक्रोशित मुद्रामा प्रस्तुत हुँदै ओलीले अधिकांश समय नेपाल र सभामुख अग्नि प्रसाद सापकोटाको आलोचना गर्न खर्चेका थिए । उनले एमाले विभाजनको सम्पूर्ण दोष नेपाललाई लगाएका थिए । आज नेपालले आम नागरिकको भ्रम चिर्ने कोशिशस्वरुप ओलीको हिजोको आरोपलाई खण्डन गर्दै एमाले विभाजनको दोष ओलीलाई लगाएर ‘आफू पानीमाथिको ओभानो’ बन्न खोज्दैछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.