सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुनसान छन् पर्यटकीय गन्तव्य


  •    न्युजभित्तो/१० भाद्र २०७८, बिहीबार १५:३९ 
  • महेन्द्रनगर, १० भदौ । कोरोना महामारीको पहिलो लहरदेखि सुनसान रहेका कञ्चनपुरका पर्यटकीय गन्तव्य अझै लयमा फर्किन सकेका छैनन् । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा लिइए पनि कोरोनाका कारण यहाँ आन्तरिक तथा बाह्य पर्यटकले पाइला नटेकेको महिनांै बितिसक्यो ।

    विश्वमै दुर्लभ बाह्रसिङगेको झुण्ठ, १६ पाटे बाघ, १७ गैँडा, कृष्णसार, चार सय भन्दा बढी प्रजातिको चराचुरुङ्गीलगायत जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा आन्तरिक पर्यटकको रोजाइँमा पर्छ ।

    विसं २०२६ मा शिकार आरक्षको रुपमा स्थापना भएको शुक्लाफाँटा पाँच वर्षअघि राष्ट्रिय निकुञ्जमा स्तरोन्नति भएको थियो । प्रचारप्रसारका अभावले पर्यटक आवागमन अन्त निकुञ्जको जस्तो नभए पनि अवस्था सामान्य हुँदा वर्षमा पाँच हजारको हाराहारीमा यहाँ पर्यटक घुम्न आएको रेकर्ड शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयसित छ ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जापुनमगरले गत आर्थिक वर्षमा निकुञ्जमा तीन हजार पर्यटकले भ्रमण गरेको बताउनुभयो ।“कोरोना सामान्य भए पनि बीचको समयमा निकुञ्ज आवागमन खुलेको थियो ।” उहाँले भन्नुभयो,“ दोस्रो लहरआएयता निकुञ्ज प्रवेश बन्द नै छ ।”

    उहाँले कोरोना सङ्क्रमणको अवस्था हेरेर आगामी असोजदेखि निकुञ्ज भ्रमण÷अवलोकन खुला गर्ने योजना रहेको बताउनुभयो ।“बन्दका बेला निकुञ्जभित्र सडक मर्मत, सुधार, पुलपुलेसा निर्माणका साथै वन्यजन्तुको पानीको प्यास मेटाउन तलाउ निर्माण गरिएका छन् ।” प्रमुख संरक्षण अधिकृत पुर्जापुनमगरले भन्नुभयो,“चोरी शिकारी नियन्त्रणमा लकडाउनमा विशेष सक्रिय पनि रह्यो ।”
    त्यसैगरी शुक्लाफाँटासँगै जोडिएको नेपालकै पहिलो राना थारु घरबास पनि कोरोना कहरले प्रभावित बनेको छ । भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा रहेको घरबासमा महिनौंदेखि पाहुना आवागमन बन्द रहेको राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाले बताउनुभयो ।
    उहाँले कोरोनामा घरबासमा आवद्ध स्थानीयवासी तरकारी खेतीमा लागेको बताउनुभयो । “होमस्टे निकै फष्टाइरहेका बेला कोरोनाले प्रभावित ग¥यो ।” उहाँले भन्नुभयो,“अवस्था सामान्य भएसँगै पाहुना आउनेमा आशावादी छौं ।”यहाँ आठ राना थारु परिवारले घरबास सञ्चालन गरिरहेका छन् ।

    त्यसैगरी यहाँस्थित दोधारा चादँनी झोलुङ्गे पुलमा पनि कोरोनाका कारण पर्यटक आउन छाडेको भीमदत्त नगरपालिका–१३का वडाध्यक्ष लालबहादुर शाहीले बताउनुभयो । “कोरोना नहुँदा यहाँ बस नै रिर्जव गरेर मुलुकका विभिन्न स्थानबाट अवलोकनका लागि यहाँ आउथे ।” उहाँले भन्नुभयो,“ कोरोनाले चौपट नै बनायो ।”
    उहाँले पर्यटकको आवागमन नहुँदा होटल व्यवसायलगायत व्यापारमा समेत प्रभावित बन्न पुगेको उहाँको भनाइ थियो ।
    त्यसैगरी भीमदत्त नगरपालिकाभित्र रहेका धार्मिक पर्यटकीय गन्तव्य झिलमिला ताल, साकेत धाम ९विष्णु मन्दिर०, भम्केनी धाम क्षेत्रमा पनि पर्यटक नआउदा सुनसान बनेको छ । यहाँको बेदकोट नगरपालिकामा रहेका पर्यटकीयस्थल बेदकोट ताल र लिङ्गेश्वर क्षेत्रमा पनि पर्यटकको चलहपहलमा कमी आएको छ ।

    बेदकोट नगरपालिकाका प्रवक्ता नरेशबहादुर सिंहले नगरक्षेत्रका पर्यटकीयस्थलमा सामान्य रुपमा चलहलपहल रहेपनि कोरोनाको त्रास अझै रहेको बताउनुभयो । “ पहिले लिङ्गेश्वर र बेदकोट तालमा आन्तरिक पर्यटक दैनिक पाँच सयदेखि आठ सयसम्म पुग्ने गरेका थिए ।” उहाँले भन्नुभयो,“अहिले त फाट्टफुट्ट रुपमा आउने गरेको देखिन्छ ।” उहाँले अझै निर्वाध रुपमा घुमफिर गर्ने वातावरण बनिनसकेको बताउनुभयो । भाइरल रोड बन्द गर्ने स्थानीय प्रशासनको तयारी

    त्यसैगरी पछिल्लो समय आन्तरिक पर्यटकको भीडभाड रहने महाकाली नदी किनारको निमार्णाधीन पहुँच मार्ग बन्द गर्ने स्थानीय प्रशासनले जनाएको छ । महाकाली नदीमा बनिरहेको चार लेनको पक्की पुलसँगै निमार्णाधीन ६ लेनको सडकको केही खण्ड कालोपत्र भएसँगै त्यहाँ भिडियो तथा फोटो खिच्न दैनिक हजारांै जनासम्म पुग्न थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सडकमा भीडभाड गर्न नदिने भएको छ ।

    उक्त सडकमा चहलपहल ह्वात्तै बढेपनि भाइरल रोडले परिचित थियो । छेउमा महाकाली बग्ने, शान्त र रमणीय वातावरण बनेपनि यहाँ युवायुवती आउने क्रम बढेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले भदौ १३ गतेपछि उक्त सडकमा भीडभाड गर्न बन्देज गरिने बताउनुभयो ।

    उहाँले कोरोनाको कहर सामान्य भइनसेको र अनावश्यक भीडभाड हुँदा निर्माण कार्यसमेत प्रभावित हुने भन्दै रोड जान बन्देज गरिन लागेको बताउनुभयो । सामाजिक सञ्जालमा समेत भाइरल रोडको चर्चा चुलिन थालेपछि कञ्चनपुरका विभिन्न स्थानका साथै कैलाली र बाहिरबाट समेत यहाँ आन्तरिक पर्यटकको घुइचो नै लाग्न थालेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.