सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निजी अस्पताल खोल्दै क्यान्सर अस्पतालका पूर्व चिकित्सक-कर्मचारीहरु


  •    न्युजभित्तो/१० भाद्र २०७८, बिहीबार १५:३१ 
  • चितवन, १० भदौ । लामो समय वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा पद र प्रतिष्ठामा बसेर राम्रो आय आर्जन गरेका चिकित्सक कर्मचारीहरुले निजी स्तरबाट अस्पताल खोल्ने क्रम बढेको छ । सरकारी क्यान्सर अस्पताललाई कमजोर बनाएर निजी अघि बढाउने उद्देश्यका साथ त्यही कार्यरत चिकित्सकहरु समेटेर निजी अस्पताल स्थापना गर्न शुरु गरिएको हो ।

    क्यान्सर अस्पतालमा रहँदा अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा सर्वाेच्च अदालतमा मुद्दा चलिरहेका तत्कालिन कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठको अगुवाईमा भरतपुरमा न्यूटन हस्पिटल खुल्दैछ । झण्डै पाँच अर्बको लगानीमा अस्पताल खुल्न लागेको हो । क्यान्सर अस्पतालभित्र कार्यरत चिकित्सक सहितको लगानीमा खुलेको यो अस्पतालको मुख्य उद्देश्य सरकारी क्यान्सर अस्पताललाई कमजोर बनाउने भएको विश्लेषकहरु बताउँछन् ।

    त्यसो त डा.भक्तमानले क्यान्सर छाडेसँगै निजी एनपिआई नारायणी सामुदायिक हस्पिटलको नेतृत्व गरिरहनुभएको छ । त्यस अस्पतालमा क्यान्सरका बिरामीको उपचार हुने गर्दछ । श्रोतले भन्यो “डा.भक्तमान जसरी पनि क्यान्सर अस्पताल कमजोर बनाउन चाहन्छन् ।”

    उहाँसँगै लामो समय क्यान्सर अस्पतालमा महत्वपूर्ण पदमा रहेर काम गर्नुभएका डा.अञ्जनीकुमार झा काठमाण्डौं क्यान्सर सेन्टरको नेतृत्व गरिरहनुभएको छ । हालै मात्र यहाँको क्यान्सर अस्पताल छोड्नु भएका उहाँले यहाँ रहँदैमा सो अस्पताल शुरु गर्नुभएको हो । झाले खोल्नुभएको सो अस्पतालमा वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा काम गर्ने चिकित्सकहरु समेत रहेको बताईन्छ । तर डा. झाले क्यान्सर अस्पतालका अन्य चिकित्सक कर्मचारीको लगानी नरहेको दावी गर्नुुभयो । उहाँले क्यान्सरको सम्पूर्ण उपचार हुने गरी अस्पताल खोलेको बताउनुुभयो । एक चिकित्सकले भने “जसरी हुन्छ, यो अस्पताल डुवाउनेमा पुराना ठुलाबडा डाक्टर लागिपरेका छन् ।”

    भक्तपुर क्यान्सर अस्पतालमा अध्ययन प्रतिष्ठानको लविङमा झा लागेको आरोप समेत लाग्ने गरेको छ । यहाँको क्यान्सर अस्पताललाई कमजोर बनाएर निजी शसक्त बनाउने अभियानमा उहाँहरु लागि पर्नुभएको छ । त्यसो त हालका अध्यक्ष डा. निर्मल लामिछानेको नेतृत्वमा रु.१ अर्ब हाराहारी लगानीमा भरतपुरमै नेशनल सिटी अस्पताल सुविधासम्पन्न बनाईदै छ भने कार्यकारी निर्देशक डा. देजकुमार गौतम गैरकानुनी रुपमा चितवन अस्पतालमा कार्यरत हुनुहुन्छ । अस्पतालका अन्य चिकित्सकहरुले त्यहाँ आउने बिरामीलाई निजीमा पठाउने गरेको गुनासो आउने गरेको छ ।

    नेकपा (एमाले) चितवनका अध्यक्ष पार्वती रावललले सरकारी अस्पतालमा काम गर्ने चिकित्सक कर्मचारीहरु नियमानुसार प्रतिबद्ध भएर सरकारी अस्पतालमै काम गर्नुपर्ने बताउनुुभयो । उहाँले सरकारी तलब सुविधा लिएर नियम विपरित अन्यत्र काम गर्न नहुने बताउँदै यस्ता गतिविधिको नियमन हुनुपर्ने बताउनुभयो ।

    नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल बलियो बनाउनु पर्ने बताउनुुभयो । केही दिन अघि अस्पतालमा आयोजित कार्यक्रममा यसै अस्पतालको तलब खाएर अस्पताल कमजोर बनाउने खेलमा केही व्यक्ति लागेको भन्दै कटाक्षे गर्नुुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दश महिनामा एकतिस अर्ब एकतिस करोडका सवारीसाधन आयात
    बाढीले क्षतिग्रस्त ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने
    सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई
    • एसइईमा उत्कृष्ट नतिजा ल्याउने युनिकलाई एक लाख पुरस्कार
    • म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ
    • असामान्य जोडीको कथामा ‘गौँथली’
    • लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.